२०७७ मंसिर १०, बुधबार

सुर्खेतका २० मतदान स्थल अतिसंबेदनशिल, बिप्लबका कार्यकर्तामाथि निगरानी

सुर्खेत, म‌‍सिर १ ।  सुर्खेत जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध भएर लाग्ने प्रहरी उपरिक्षक उमाप्रसाद चर्तुबेदीले बताएका छन् । यस जिल्लाको सम्पुर्ण शान्ति सुरक्षाको अवस्थालाई अध्यन गरी विशेष योजना सहित काम थाल्ने उनले बताए ।

केही दिन अघि मात्र सुर्खेत प्रहरी प्रमुख भएर आएका चर्तुवेदीले बिहिवार पत्रकारसंगको भेटमा जनताको हकहीतको लागी सुरक्षाको काम गर्न कुनै कसर बाकी नराख्ने बताए । उनले चुनावको समयमा सबै प्रहरी युनीट परीचालन गर्ने गरी सुरक्षा योजना बनीसकेको हुदा उम्मेद्धार देखी अन्य जनताको सुरक्षा गर्ने गरी आफुहरु लाग्ने बताए । प्रहरी प्रमुख चर्तुवेदीले म्यादी प्रहरीको तालीम पनी सकीसकेको बताउदै चुनावी सुरक्षाको लागी उनीहरलाई पनी परीचान गर्न लागीएको जानकारी दिए । जिल्लामा भईरहेका जुवातास,काठ तस्करी, विष्पोटक पदार्थको ओसारपसार , सवारीसाधन चोरी लगायतका अपराध नियन्त्रण गर्ने प्रतिवद्धता जनाए ।

यसअघि सुर्खेतमा भएका जघन्य अपराधका घट्नाका दोषीहरु अझै प्रहरीले समात्न किन सकिरहेको छैन भन्ने पत्रकारको जिज्ञासामा उनले यो विषयमा आफुले गम्भीर भएर सोचेको भन्दै त्यस्ता घट्नाको सत्यतथ्य पत्ता लगाउन अनुसंन्धान अघी बढाईने बताए । कुनै अपराधमा संलग्न भई फरार रहेकाहरुको पनी खोजतलास गरीने स्पष्ट पारे । विप्लप समुहले चुनाबको समयमा अपराधीक गतीवीधी गरीरहेको बताउदै सुर्खेतमा आफुहरु यो समयमा त्यस्ता अपराधीक समुह र व्यक्तीहरुबाट सचेत रहेको बताए ।

पोशाक बाहेकका सुरक्षाकर्मी पनी सवारीसाधन लगाएत अन्य ठाउँमा चेकीङको लागी खटाईने बताउदै प्रहरी उपरीक्षक चर्तुवेदीले सकेसम्म सुर्खेतमा अपराधीक घट्ना हुनै नदीने यदि भएमा घट्नाको सत्यतथ्य पत्ता लगाइ अपराधिलाई कानुनी कार्रवाही गर्ने बताए । निर्बाचनमा विप्लप समुहका कार्यकर्तामाथी कडाई गरिएको समेत बताए ।

निर्वाचन नजिकीय संगै सुर्खेतमा सुरक्षा व्यवस्था पनी कडा गरीएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले बताए । १ सय ३८ मतदानस्थल रहेको जिल्लामा २० मतदानस्थल अति संवेदनशील, ८५ संवेदनशील र ३३ सामान्य रहेको उनले बताए ।