२०७७ मंसिर १४, आईतवार

एक स्थानिय तह एक शित भण्डार : रावत र विष्ट

सुर्खेत, म‌‍सिर १ ।  वाम गठबन्धनका उम्मेदवारद्धय नवराज रावत र विन्दमान विष्टले आफुले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका हरेक स्थानीय तहमा शीतभण्डार निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । चुनावी प्रचारका क्रममा रावत र विष्टले विहीवार पश्चिम सुर्खेतका विभिन्न स्थानमा भएका कार्यक्रममा मतदातामाझ ‘एक स्थानीय तह, एक शीतभण्डार’ निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन् ।

स’र्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रावतले कृषि विकासको लागि एक स्थानीय तह, एक शीतभण्डारको योजना आफुहरुले अघि सारेको बताए . ‘कृषि क्षेत्रको विकासविना गरिबी निवारण र आर्थिक समृद्धिको लक्ष्य प्राप्त हुन सक्दैन’ रावतले भने, ‘त्यसैले अब कृषि उत्पादनलाई वैज्ञानिक भण्डारणका लागि एक स्थानीय तह, एक शितभण्डार(चिस्यान केन्द्र) अपरिहार्य छ .’ उनले आफुले जितेको खण्डमा उक्त योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए ।

रावतले परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गरी वैज्ञानिक भण्डारणमार्फत बजारीकरण गर्न सकेमा कृषकको जीवनस्तर माथि उठ्ने र गरिबी निवारण हुने दावी गरे । कृषि क्षेत्रको विकास, कृषकहरुको जीवनस्तर उकास्ने काम आफुहरुको प्राथमिकतामा रहेको बताए । उनले क्षेत्र नं. २ मा पर्ने तीन वटै स्थानीय तहमा फलफुल, तरकारी, खाद्यबाली, पशुपालन र बेमौसमी तरकारी उत्पादनका पकेट क्षेत्रहरु निर्धारण गरी उत्पादन वृद्धि गर्ने योजना समेत आफुहरुले बताएको जानकारी दिए ।

त्यसैगरी क्षेत्र नं. २(ख)का प्रदेशसभा सदस्य उम्मेदवार विन्दमान विष्टले तीन वर्षभित्रमा तीन वर्षभित्रमा उक्त क्षेत्रलाई आधारभुत खाद्यान्न, माछा, मासु, अण्डा, दुध, तरकारी, फलफुल र दलहन उत्पादनमा आत्मनिर्भर बनाउँदै ५ वर्षमा खाद्यान्न निर्यात गर्ने अवस्थामा प’¥याईने बताए . कृषि भुमिमा पानी सिचाईंमा लगानीको अवधारणा बमोजिम ५ वर्षमा सम्पुर्ण सिँचाइ योग्य कृषि भुमिमा आधुनिक सिँचाइ प्रणाली लागु गर्ने, भेरी कर्णाली नदी क्षेत्रमा लिफ्ट सिँचाइको सम्भाव्यता अध्ययन गरी उपय’क्त ठाउँहरुमा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गरी कृषि क्षेत्रको विकासमा आमुल परिवर्तन ल्याउने उनको भनाइ थियो । .