२०७७ मंसिर २०, शनिबार

सहारेमा मनोसामाजिक परामर्श सम्बन्धि तालिम

cropped-logos.jpgसुर्खेत, साउन ३१ । सिविन नेपालको आयोजनामा मनोसामाजिक परामर्श र संयन्त्र प्रणालीसम्बन्धी एक दिने तालिम शनिबार सहारेमा सम्पन्न भएको छ ।

युरोपियन कमिसनको आर्थिक सहयोगमा सिविन नेपालद्वारा सञ्चालित “बाधा अवरोध हटाऔंः शिशु बालिका अधिकार संरक्षण गरांै” (बिटिबी) परियोजनाअन्तरगत मनोसामाजिक समस्या पहिचान गर्नका लागि अभिबृद्धि गर्ने र ५ वर्षमुनिका बालिकाको अधिकार संरक्षणसम्बन्धी जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।

सिविन नेपालकी मनोसामाजिक परामर्शदाता संगिता वली र निर्मला आचार्यले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुले मनोसामाजिक समस्यामा परेका महिला तथा बालिकाहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तालिममा महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जालका सदस्य, आमा समूह, सुरक्षा निकाय, नागरिक सचेतना केन्द्र, गाउँ बाल संरक्षण केन्द्रलगायतका २३ जनाको उपस्थिति रहेको थियो ।