२०७७ कार्तिक ११, मंगलवार

बिपतमा बालबालिका र महिला जोखिममा

सुर्खेत, मंसिर २। विपतको समयमा गर्भवति , सुत्केरी महिला , नवजात शिशु र बालबालिका हरु अति जोखिममा हुने एक कार्यक्रमका सहभागी हरुले बताएका छन । उनिहरुले बाढी , पहिरो भुईचालो लगायत अन्य प्रकृतिक बिपत्तिका समयमा नवजात शिशु , गर्भवति आमा बालबालिका बढि प्रभावित हुने उनिहरुको भनाई थियो् ।

सेफ द चिल्ड्रेन को आर्थिक सहयोग र जिल्ला जनस्वास्थ कार्यलय सुर्खेतको आयोजनामा शुक्रवार विरेन्द्रनगरमा भएको विपतको समयमा नवजात शिशु तथा बाल स्वास्थको प्रवाधानका लागी स्थानिय पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा सहभागी हरुले यस्तो बताएका हुन । कार्यक्रम लाई सहजीकरण गर्दै सेफ द चिल्ड्रेनका प्रतिनिधि चन्द्र थापाले नवजात शिशु स्वास्थ परियोजना अन्र्तगत सुर्खेत सहित नेपालका ३ जिल्ला बर्दिया र महोत्तरीमा यो परियोजना शुरु गरिएको बताए ।

विपत आउने समयमा त्यस स्थानका गर्भवती महिला ,नवजात शिशु तथा बालबालिका हरुलाई विपतले पार्ने असरहरु नियन्त्रण गर्न विपत्त भए लगत्तै स्वास्थको सम्पुर्ण टिम पुगेर स्वास्थमा भएको स्रोत र शक्ती परिचालन गरी पछि लाग्ने रोगहरु नियन्त्रण गर्ने र नवजात शिशु हरुलाई विपत पछिको संकटले पुर्याउने स्वास्थ असरलाई न्युनिकरण गरिने प।िरयोजनाको मुख्य उदेश्य रहेको थापाले बताए ।

नेपाल बाढि पहिरोको हिसावले विश्वको ३० औं र भुकुम्पीय जोखिमका हिसाबले ११ स्थानमा पर्ने भएकाले यो विपतले धेरै गर्भवति महिला , नवजात शिशु प्रभावीत भएकाले नेपाल सरकारले यस परियोजना मार्फत नवजात शिशु मृत्युदर रोकिने र महिलाको स्वास्थमा सुधार ल्याउने बताए । यसले समुदायलाई पनि स्वास्थ प्रति उतरदायी बनाउने थापाले बताए । यो परियोजना सुर्खेतका साविकका लेखपराजुल,धारापानि ,साटाखानी, बाबियाचौर, र हरिहरपुरमा परिक्षणका रुपमा सञ्चालित हुनेछ ।