२०७७ कार्तिक १०, सोमबार

बाम गठबन्धनले जिते विद्यालयमा ई लाईबेरी

 सुर्खेत, ४ मंसिर । सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज रावतले आफू निर्वाचित भएमा आफ्नो क्षेत्रका हरेक विद्यालयमा इ–लाइब्रेरी स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । चुनावी प्रचारका क्रममा आइतवार मतदाताहरुसँग उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शैक्षिक विकासमा प्रविधिको उपयोग अपरिहार्य भएको बताउँदै रावतले विद्यार्थीको सिकाइृ र बुझाइ प्रक्रियालाई अझ फराकिलो बनाउनका लागि पनि हरेक विद्यालयमा प्रविधिुयुक्त पुस्तकालय अपरिहार्य रहेको औंल्याए । यही आवश्यकता बोध गर्दै आफूले आफ्नो निर्वाचन क्षेत्रभित्रका प्रत्येक विद्यालयमा इलाइब्रेरी स्थापना गर्ने योजना बनाएको रावतको भनाइ छ । शिक्षाको गुणस्तर वृद्धिका लागि पनि इलाइब्रेरी अपरिहार्य भएको उनले बताए ।

‘यो विज्ञान र प्रविधिको युग सुहाउँदो शिक्षा प्रदान गर्नका लागि हरेक विद्यालयमा आधुनिक पुस्तकालयको जरुरी छ’ उनले भने, ‘यसलाई मनन् गर्दै हामीले सबै विद्यालयमा इलाइब्रेरी स्थापना गर्ने योजना बनाएका हौं ।’पुस्तकालय खुल्ला विश्वविद्यालय भएकोले बढ्दो प्रविधिको विकासले ई लाईब्रेरी तर्फ केन्द्रित हुनु पर्ने बताउँदै रावतले उक्त योजना कार्यान्वयनका लागि आफ्नो जित अनिवार्य भएको बताए । ‘तपाइँहरु मलाई मत दिनुस्, म तपाइँहरुको हरेक अपेक्षा पूरा गर्न प्रतिवद्ध छु’ उनले भने ।

साथै उनले गुणस्तरीय शिक्षा प्रदान र शैक्षिक पूर्वाधार सुधार गर्नु आफ्नो कर्तव्य हुने समेत बताए । निर्वाचन क्षेत्र नं. २ मा पर्ने विद्यापुर क्याम्पसलाई थप व्यवस्थित र सम्पूर्ण विषयहरुको केन्द्र बनाउने, बड्डीचौरमा कृषि क्याम्पस सञ्चालन गर्ने, चौकुनेमा प्राविधिक क्याम्पसको स्थापना र व्यवस्थापन गर्ने, वीरेन्द्रनगरलाई शैक्षिक केन्द्र बनाउने, मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई कमजोर आर्थिक अवस्था भएका नागरिकको लागि सहज पहुँचमा पुर्याउने लगायतका योजना आफूसँग रहेको रावतको भनाइ छ ।

त्यसैगरी माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्ने, सम्पूर्ण विद्यालयहरुमा सूचना सञ्चार प्रविधि र ई–लाईब्रेरी स्थापना गर्ने, विद्यालयहरुमा आधुनिक भौतिक पूर्वाधार विकास गर्ने कार्यलाई आफूले प्राथमिकताका साथ कार्यान्वयन गर्ने उनले बताए ।शैक्षिक विकासका साथसाथै अन्य सबै विकासको नेतृत्व गर्दै वीरेन्द्रनगरलाई आधुनिक सुविधासम्पन्न शहर र पश्चिम सुर्खेतलाई विकसित र पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्ने प्रतिवद्धता रावतले मतदातामाझ गरेका छन् ।

नेकपा एमालेका नेता रावत वाम गठबन्धनकोतर्फबाट सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।त्यसैगरी गठबन्धनकोतर्फबाट प्रदेश सदस्य सदस्य क्षेत्र नं. २(ख)का उम्मेदवार विन्दमान विष्टले पश्चिम सुर्खेतको विकासका लागि आफ्नो जीत अपरिहार्य भएको बताएका छन् । चुनावी प्रचारकै क्रममा उनले मतदातासँग आफ्नो क्षेत्रभित्र पर्ने बराताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाको बृहत्तर विकासका लागि नै आफू उम्मेदवार बनेर निर्वाचनमा होमिएको बताएका हुन् ।

उक्त क्षेत्रको भौतिक पूर्वाधार, शैक्षिक, पर्यटन, खेलकुद लगायत समग्र विकासको नेतृत्व आmूले नै भन्दै भन्दै विष्टले मतदातासँग आm्नो पक्षमा मतदान गर्न अनुरोध गरे ।