२०७७ मंसिर १३, शनिबार

कांग्रेसले जनतालाई झुट बोल्यो : शाही

 सुर्खेत, ४ मंसिर । प्रतिनीधीसभा सुर्खेत क्षेत्र नम्बर एक का बाम गठबन्धनका उमेद्धार ध्रुव कुमार शाहीले नेपाली कांग्रेसको भ्रमको खेती गर्ने समय सकीएको बताएका छन् ।

चुनावी प्रचार अभियानका क्रममा आईतवार साटाखानीमा भएको आमसभालाइ सम्बोधन गर्दै शाहीले नेपाली कांग्रेसले लामो समय देखी बिकासको नाममा भ्रमको खेती गर्दै आएकोले अब कांग्रेसको झुटो आश्वासनमा जनता नभुल्ने बताए । लामो समयदेखी सत्ताको बागडोर सम्हाले पनि नेपाली कांग्रेसले जनतालाइ गुम्राहमा राखेर झुक्याएको उहांको भनाइ छ ।

स्थीर सरकारको लागी बामगठबन्धन भएको बताउदै शाहीले बामपन्थीहरुको सरकारलेनै जनताले महसुस गर्नेगरि बिकास निर्माणका कामहरु गर्ने दाबी गरे । कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश खका उमेद्धार खड्क खत्रीले स्थानीय श्रोत साधनको समुचित प्रयोग गरि स्थानीयस्तरमै रोजगारीकाकार्यक्रमहरु संचालन गरिने बताए ।

कार्यक्रममा पुर्व सांसद सिता नेपाली,माओबादी केन्द्रका नेता जित बहादुुर राना,एमाले नेता अमृत बिसी,लेकबेशी नगरपालीकाका प्रमुख गगनसिंह सुनार लगाएतले बामपन्थी गठबन्धनका उमेद्धारहरुलाइ बिजयी गराउन आग्रह गरे । कार्यक्रम माओबादी केन्द्रका जिल्ला सदस्य कृष्णलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।