२०७७ कार्तिक ९, आईतवार

काग्रेसका विभिन्न चुनावि सभा

सुर्खेत, ४ मंसिर ।  नेपाली काँग्रेस सुर्खेतका सभापति एवम् प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. २ (क) का उम्मेदवार कमलराज रेग्मीले देशमा भएका हरेक परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको उल्लेख गर्दै देशमा तयार भएका विकास निर्माण्का पूर्वाधारहरुलाइ सम्पन्न गर्न आगामी निर्वाचनामा नेपाली काँग्रेसलाइ जिताउन आग्रह गरेका छन् ।

नेपाली काँग्रेस वीरेन्द्रनगर २ र ९ ले आइतबार आयोजना गरेको छुट्टाछुट्टै चुनावी सभालाइ सम्बोधन गर्दै रेग्मीले उपत्यका भित्रका विकास निर्माणका आयोजनालगायत जिल्लाको सम्पूर्ण विकास निर्माणका लागि यसपटकको निर्वाचनमा पनि नेपाली काँग्रेसलाइ मत दिन मतदातासंग अपील गरे । वीरेन्द्रनगरलाई प्रदेशकै नमूना शहर बनाउने योजना आफूले बनाएको उल्लेख गर्दै रेग्मीले नगरपालिकाका सम्पूर्ण मतदाताहरुलाइ काँग्रेसमा मत दिन आग्रह समेत गरे ।

यस्तै काँग्रेस सुर्खेत जिल्ला कार्य समितिका सदस्य वालदीप कँडेलले काँग्रेसको नेतृत्वमा संविधान आएकोले काँग्रेसलाइ नै यसको कार्यान्वयन गर्ने जिम्मा दिन आग्रह गरे । नेपाली काँग्रेस क्षेत्र नं. २ सुर्खेतका क्षेत्रीय सभापति नारायण कोइरालाले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रको संस्थागत विकास गर्न काँग्रेसका उम्मेदवारलाइ मत दिन मतदातासंग अपीले गरे ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले प्रदेशको समग्र विकास र समृद्धिका लागि काँग्रेसलाइ जिताउन आग्रह गरे ।