२०७७ मंसिर १६, मंगलवार

वचनमा बाजी लगाउन सक्ने पार्टी काँग्रेस’

सुर्खेत, ६ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधी सभा सदस्यका लागि सुर्खेतको क्षेत्र नं. १ बाट उम्मेदवार रहेका पुर्णबहादुर खड्काले नेपाली काँग्रेस विकास निर्माणका विषयमा गरेका वचनमा वाजी लगाउन सक्ने पार्टी भएको दावी गरेका छन् ।

आफ्नो चुनावी कार्यक्रमअन्तर्गत आज सुर्खेतको काफलकोटमा भएको चुनावी आमसभालाइ सम्बोधन गर्दै पुर्व गृहमन्त्री समेत रहेका खड्काले आफुले निर्वाचन तथा अन्य कुनै पनि बेला जनतासंग गरेका वाचाहरु खेर नफालेको बताए ्।  त्यसैगरी बराहताल गाउँपालिका वडा नं. ५ चेपाङमाको चुनावी सभामा सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार एवं पुर्वमन्त्री हृदयराम थानीले जिल्लाको विकासका लागि कांग्रेसलाई जिताउन मतदातालाई आव्हान गरे ्।

उनले सुर्खेतमा भएको विकास कांग्रेसले नै गरेको दावी गर्दै अवको थप विकासका लागि पनि कांग्रेसलाई नै जिताउनुपर्नेमा जोड दिए । सुचना तथा संचार राज्यमन्त्री तथा निर्वाचन क्षेत्र नं. २ अन्तर्गको प्रदेश खका उम्मेदवार तप्तबहादुर विष्टले आफुले थालेका अधुरा कामलाई पुरा गर्नका लागि फेरि एकपटक जिताउन आव्हान गरे । त्यस्तै, चुनाव प्रचारप्रसारका क्रममा प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबबााट सुर्खेत क्षेत्र नं. १ (क)का उम्मेदवार टेकबहादुर सिंहले घरदैलो कार्यक्रमलाइ निरन्तरता दिएका छन् ।