२०७७ मंसिर २०, शनिबार

बाम गठबन्धनको जनलहर देखेर कांग्रेस अत्तालियो : विष्ट

सुर्खेत, ६ मंसिर । आफुहरु अधिनायकवाद बिरुद्धको लडाई लडेर आएकालाई काँग्रेसले अधिनायकबाद ल्याउछ भन्नु हास्यास्पद भएको प्रेदश सभा सुर्खेत क्षेत्र नम्वर १ क का बामगठबन्धनका साझा उम्मेद्धार ठम्मर बिष्टले टिप्पनी गरेका छन ।  विष्टले देशभर बामगठबन्धनको जनलहर देखेर कांग्रेस अत्तालिएर विभिन्न भ्रमको खेती गर्दै हिडिरहेको समेत आरोप लगाए् । उनले बामपन्थि हरुसंग स्पष्ट दुई तिहाई महुमत भएको भन्दै चुनाब पछि यसलाई पुष्टि गर्ने दावी गरे ्।

संघिय लोकतन्त्रिक गणतन्त्रको हिस्सामा कांग्रेस लाई आफुहरुले तानेर लिएको भन्दै आफुहरुलाई लोकतन्त्रको पाठ नसिकाउन कांग्रेसलाई आग्रह गरे ्। प्ुर्वि सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्वर ६ राकम र वडा नम्वर ७ कार्पिचौरमा भएको सिम्ता स्तरीय चुनाबी भेलालाई सम्बोधन गर्दै विष्टले यस्तो बताएका हुन ्।  बिष्टले ९— ९ महिनामा फेरिने सरकारले देशमा विकाश र सम्बृद्धि गर्न नसक्ने भएकाले आफुहरुले स्थायी सरकार स्थापना गर्न र समाजबाद स्थापना गर्न बाम एकता गरेको जिकिर गरे ्।

च्ुाुनाबी भेलामा कार्पिचौर र राकम बाट नेपाली कांग्रेस परित्याग गरेर बामगठबन्धनमा प्रवेश गरेका छन ्। राकममा भएको भेलामा २०५४ सालमा नेपाली कांग्रेस बाट वडा अध्यक्षमा निर्वाचित बिर्ख बादी ले कांग्रेस परित्याग गरी बाम गठबन्धनमा प्रवेश गरेका छन ्। इस्तै २०४८ सालबाट नेपाली कांग्रेसमा क्रियाशिल सदस्य मान बहादुर नेपालीले पनि बामगठबन्धनमा प्रवेश गरेका छन ्। यस्तै सोही ठाउँका गोपाल नेपाली ,मेघराज कसेरा, कल्धरी नेपाली, ग्रिस्मा विक ,पम्फा परियार, कर्ण ब नेपाली, र श्याम नेपाली सहित ५० जनाले प्रवेश गरेका छन् ।

इस्तै गाउँपालिकाको ७ कार्पिचौरमा भएको कार्यक्रममा राम बहादुर पुन , दुर्ग बहादुर पुन ,कालु सार्कि ,चित्र बहादुर बुढा ,डम्मर कुमाई , राम बहादुर खत्री ,लगायत १० जना नेपाली कांग्रेस परित्याग गरी बाम गठबन्धनमा प्रवेश गरेको निर्वाचन परिचालन संयोजक नेत्रलाल महताराले जानकारी दिए ्।