२०७७ कार्तिक ११, मंगलवार

स्वः प्रकाश दाहलको सम्झनामा सुर्खेतमा शोकसभा

सुर्खेत, ६ मंसिर । पुर्व प्रधानमन्त्री एवम नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकोमल दाहल प्रचण्डका एकमात्र पुत्र स्व प्रकाश दाहलको सम्झनामा सुर्खेतमा शोक सभा गरिएको छ ्। म्ांगलवार सुर्खेतको विरेन्द्रनगर स्थित घण्टाघर पार्कमा शोक सभा गरिएको हो ।

नेकपा एमाले र नेकपा माओबादी केन्द्रका जिल्ला स्तरीय शिर्ष नेताहरुले स्व प्रकाश दहालको तस्वीरमा अबिर आवरण तथा माल्र्यापन गरेर श्रर्दाञ्जली अर्पन गरे ्। शोक सभामा बोल्दै नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवम प्रदेश सभा क्षेत्र नम्वर २ क का उम्मेद्धार यामलाल कडँेलले देशमा परिवर्तन गर्न स्व प्रकाशले खेलेको भुमिकाको उच्च प्रशंसा गर्दै समवेदना व्यक्त गरे ।

नेकपा माओबादी केन्द्रका नेता तथा बाम गठबन्धनका समानुपातिक उम्मेद्धार सिता नेपाली रक्षाले  प्रकाश दहाल एक महान योद्धा भएको चर्चा गर्दै नेपालमा विभिन्न परिवर्तनमा पुर्याएको योगदान लाई कहिल्यै बिर्सन नसक्ने बताईन । उनले प्रकाशले देखाएको बाटोमा बिचलित नभएर लाग्ने र बाकी अधुरा काम पनि पुरा गर्ने बताईन प्रचण्डका छोरा प्रकाशको हृदयघातका कारण मंसिर ३ गते मृत्यु भएको थियो ।