२०७७ मंसिर १३, शनिबार

संघिय समाजबादी फोरका उम्मेद्धारले नेपाली काँग्रेसमा प्रवेश गरे

सुर्खेत, ६ मंसिर । सुर्खेत क्षेत्र नं १ प्रदेससभा ख का उम्मेद्वार नेपाली कागे्रसमा प्रवेश गरेका छन् । नेपाली काग्रेसको नेतृत्वमा जारी भएको संघिय लोकतान्त्रिक संविधानको कार्यान्वयन र मुलुकको समृद्धि काँग्रेसवाट मात्र सम्भव रहेको भन्दै संघीय समाजवादी फोरम नेपालवाट क्षेत्र नं १ प्रदेससभा ख मा उमेद्वारी दिएका दिपलाल दमाई (दिलिप) नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।

उनले मंगलवार संघिय समाजवादी फोरम नेपालकका नेता कार्यकर्ताहरु सहित कार्यक्रमको आयोजना गरि आफु सहित दजनौ कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गरेको र निर्वाचनमा नेपाली काग्रेसका उमेद्वारहरुलाई विजयी गराउन लाग्ने वताए । उनले प्रेस विज्ञप्ति समेत जारी गदै लोकतन्त्रवाट मात्रै राष्टको उन्नति , प्रगति र जनताको आधारभुत अधिकार सुनिश्चितताका लागि लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउन समेत अपिल गरेका छन् ।

उनले सुर्खेत क्षेत्र नं १ मा विकासप्रेमी नेता पुर्णवहादुर खड्का , झगवहादुर डागी ,लाई निर्वाचनमा अत्यधिक मत दिएर विजयी गराउन समेत अनुरोध गरेका छन् ।