२०७७ मंसिर १३, शनिबार

बालबालिकाहरुलाई न्यानो कपडा वितरण

सुर्खेत, ६ मंसिर । अनाथ ,अपांग,र न्युन आर्थिक अवस्था भएका बाल बालिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ ्। बाल अधिकार दिवसको अवसरमा सोमवार र मंगलबार गरी २ दिन विरेन्द्रनगरका विभिन्न स्थान बाट उनिहरुको पहिचान गरी ७० जना बाल बालिका हरुलाई न्यानो कपडा वितरण गरिएको छ ्। मसेरी चौर किशोरी सम्बादको आयोजनामा बालबालिका हरुलाई स्कुल ड्रेसको स्वईटर ,टोपी ,ट्राउजर , मोजा वितरण गरेको महिला तथा बाल बालिका अधिकारकर्मी रचना सुनारले जानकारी दिईन ्।

सुनारका अनुसार बाल बगैचा ज्ञानकुञ्ज , आस्था सञ्जाल ,एकता फाउन्डेसन ,कारीतास नेपाल, र सुन्दर नेपाल संस्थाको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको बताईन ्। उक्त न्यानो कपडा वितरण कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका व्यक्तिहरुले यसपटकको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा बालबालिकाको प्रयोग नर्गन समेत सुझाव दिएका छन ् ।