२०७७ मंसिर १५, सोमबार

लेकबेसीमा बामगठबन्धनको सभा पाँच वर्षभित्र प्रत्येक गाउँमा विजुली : शाही

सुर्खेत,  ७ मंसिर ।  सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ध्रुवकुमार शाहीले आफूले जितेमा पाँच वर्षभित्र पूर्वी सुर्खेतका हरेक गाउँमा विजुली पु¥याउने प्रतिवद्धता जनाएका छन् । बुधवार दशरथपुरमा आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । शाहीले आफूले निर्वाचन जितेको पाँच वर्षभित्र क्षेत्र नं. १ का प्रत्येक गाउँमा विजुली पु¥याउने भन्दै कसैले अँध्यारोमा बस्नु नपर्ने बताएका छन् ।

‘सबै ठाउँमा विजुली पुग्न सकेको छैन, नागरिकहरुले अहिले पनि मट्टीतेल र दियालो बालेर बस्नु परिरहेको छ’ शाहीले थपे, ‘मलाई यसपटक मौका दिनुस् म पाँच वर्षभित्र प्रत्येक गाउँमा विजुली पु¥याएर झिलीमिली बनाइदिनेछु ।’ उनले विधुतिकरण नभई औद्योगिक विकासले गति लिन नसक्ने भएकाले क्षेत्र नं. १ का प्रत्येक गाउँमा विजुली पुर्याउनु आफ्नो प्राथमिकता रहेको बताए ।

अरुले काम गरेर नभई भ्रम छरेर जनतालाई झुक्याउन खोजेको भन्दै शाहीले आफूले काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । ‘म स्थानीय स्तरमै बसेर यहाँका हरेक समस्या नजिकबाट नियालिरहेको छु र आफूले पनि भोगिरहेको छु’ शाहीले भने, ‘यहाँका नागरिकले के चाहन्छन् र यो क्षेत्रको विकास गर्न के गर्नुपर्छ भन्ने कुरा काठमाडौंमा बस्नेले होइन यही बस्नेले मात्र बुझेको हुन्छ । त्यसैले म तपाइँहरुको चाहना र यहाँको विकासका लागि गर्नुपर्ने आवश्यकता बुझेरै निर्वाचनमा उम्मेदवार बनेको छु ।’ शाहीले जनताले साथ दिएमा आफूले पाँच वर्षभित्र पूर्वी सुर्खेतको समग्र विकासमा कायापलट गरिदिने दावी गरे ।

उक्त चुनावीसभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि ‘साफ’ हुने बताएका छन् । नेता ज्ञवालीले लामो समय सत्तामा रहेको कांग्रेस भ्रमको राजनीति र भ्रष्टाचारका कारण सकिन लागेको जिकिर गरे । ‘विकासका नाउँमा भ्रष्टाचार गर्ने कांग्रेसलाई जनताले चिनिसकेका छन्,’ एमाले प्रदेश नं. ६ का संयोजक समेत रहेका ज्ञवालीले कांग्रेसलाई लक्षित गर्दै भने, किन रुन्छस् मंगले आफ्नै ढंगले ।’ वामपन्थीहरुको एकता कांग्रेसलाई हराउन मात्र नभई आर्थिक समृद्धि र विकासका लागि भएको उनले औंल्याए ।

अहिले चुनावी तालमेल मात्रै भएपनि मंसिर २१ पछि एमाले र माओवादी केन्द्र एउटै पार्टी हुने उनले बताए । एकिकरणका लागि केही प्राविधिक विषय मात्रै बाँकी रहेकाले एउटै पार्टी सरह एकताबद्ध भएर चुनावी अभियानमा लाग्न वामपन्थी कार्यकर्तालाई ज्ञवालीले आग्रह समेत गरे ।
यसैगरी, आमसभामा बोल्दै वामपन्थी गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार खड्क खत्रीले वामपन्थी संंविधान कार्यान्वयन र आर्थिक समृद्धिको लागी वाम गठबन्धनलाई विजयी गराउनुपर्ने धारणा राखे ।

‘कांग्रेसले जनतालाई अन्याय गरेको छ,’ मतदातासंग उनले भने, ‘ अब यसको प्रतिवाद वामपन्थी उम्मेदवारलाई भोट हालेर गर्नुहोस् ।’ आफू निर्वाचित भए यस क्षेत्रमा रहेको सुकुम्बासी समस्या समाधानका लागि तत्काल पहल गर्ने उनले प्रतिबद्धता जनाए । गठबन्धनको पाँच बर्षे स्थिर सरकारले जनताको जीवनस्तरमा आमुल परिवर्तन ल्याउने दाबी गर्दै वामपन्थी उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । आर्थिक विकास र समृद्धिको भिजन वाम गठबन्धनसंंग मात्रै भएकाले वाम गठबन्धनको जित आवश्यक रहेको उनले औंल्याए ।

संयुक्त चुनावीसभालाई नेकपा माओवादी केन्द्रका संयोजक कृष्ण जिसीले बामपन्थीको एकताले मात्रै देशको सम्बृद्धि सम्भव भएको भन्दै बामबन्थी उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । जिसीले भ्रष्टचारमा चुर्लम्म डुबेका काग्रेस नेताहरुलाई लोभ्याएर गोलाकारभित्रको हसीया हथौडा र सुर्यमा छाप लगाएर बाम गठबन्धनका उम्मेदवारलाई जिताउन सबैसंग अपिल गरे ।

कार्यक्रममा समानुपातीक उम्मेदवार सिता नेपालीले गरिब,महिलो,दलित उत्पीडत र मजदुरहरुको लागि सयुक्त गठबन्धन भएको भन्दै यस्मै भोट हाल्न आग्रह गरिन । जनसभामा एमाले र माओवादी केन्द्रका अन्य नेताहरुले पनि सम्बोधन गरेका थिए ।