२०७७ कार्तिक ६, बिहीबार

पस्चिममा सिंचाई सुबिधा : उम्मेदवारहरु

सुर्खेत, ७  मंसिर ।  वाम गठबन्धनकोतर्फबाट सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नवराज रावतले वीरेन्द्रनगरका साथै पश्चिम सुर्खेतका तीन वटै स्थानीय तहमा लिफ्टमार्फत सिचाइँ सुविधा पु¥याउने प्रतिवद्धता जनाएका छन् । चुनावी प्रचारका क्रममा बुधवार बराहताल गाउँपालिका वडा नंं. ५ चेपाङ्गमा भएको आमसभामा बोल्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

रावतले कृषि क्षेत्रको विकासका लागि सिचाइँ अपरिहार्य रहेको भन्दै त्यसका लागि अल्पकालिन तथा दिर्घकालिन योजनाहरु बनाएर कार्यान्वयन गर्ने बताए । परम्परागत कृषि प्रर्णालीलाई आधुनिकीकरण गर्दै उत्पादनमा वृद्धि गर्न सके नागरिकको जीवनस्तर माथि उठ्ने उनको भनाइ थियो ।

कृषि उत्पादन वृद्धि गर्नका लागि सिचाई अपरिहार्य हुने भन्दै रावतले निर्वाचन क्षेत्र नंं २ मा भेरी र कर्णाली नदीबाट लिफ्टमार्फत सिचाई आयोजना सञ्चालन गरिने बताए । ‘भेरी र कर्णाली नदी क्षेत्रमा लिफ्ट सिँचाइको सम्भाव्यता अध्ययन गरी उपयुक्त ठाउँहरुमा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गरिनेछ’ रावतले भने, ‘यसका लागि यहाँका हरेक मतदाताले हामीलाई भोट गरि जिताउनुपर्दछ ।’

त्यसैगरी क्षेत्र नं. २(ख)का प्रदेशसभा सदस्य उम्मेदवार विन्दमान विष्टले भूमिको वैज्ञानिक व्यवस्थापन गरी आधुनिक कृषि र सम्पन्न किसान कार्यक्रम लागू गर्नका लागि वाम गठबन्धनको जीत अपरिहार्य रहेको बताए । सबै स्थानीय तहमा फलफूल, तरकारी, खाद्यबाली, पशुपालन र बेमौसमी तरकारी उत्पादनका पकेट क्षेत्रहरु निर्धारण गरी उत्पादन वृद्धि गर्ने, तीन वर्षभित्र आधारभूत खाद्यान्न, माछा, मासू, अण्डा, दुध, तरकारी, फलफूल र दलहन उत्पादनमा आत्मनिर्भर बनाउँदै ५ वर्षमा खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याउने, ५ वर्षमा सम्पूर्ण सिँचाइयोग्य कृषि भूमिमा आधुनिक सिँचाइ प्रणाली लागु गर्ने लगायतका योजना कार्यान्वयनका लागि आफूहरु प्रतिवद्ध रहेको भन्दै उनले साथ दिन मतदातासँग आग्रह गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पा घर्ती, नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य घनश्याम पाण्डे, माओवादी केन्दका इश्वरभक्त सुनार लगायतले वाम उम्मेदवारहरुको पक्षमा मतदान गर्न नागरिकसँग अनुरोध गरेका थिए ।