२०७७ कार्तिक ४, मंगलवार

आज ओली र प्रचण्ड सुर्खेत आउँदै

सुर्खेत, ७ मंसिर । वाम गठबन्धनले आज सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गर्ने भएको छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नेछन् ।

एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले वीरेन्द्रनगरमा संयुक्त जनसभा गर्न लागेको हो । उक्त सभालाई दुबै पार्टीका शीर्ष नेताहरुले समेत सम्बोधन गर्नेछन् । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी देशव्यापी चुनावी अभियान अन्तरगत संयुक्त आमसभा गर्न लागिएको हो ।

आज बिहान ११ बजे मंगलगढी चोकबाट ¥याली शुरु हुने गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटीले जनाएको छ । घण्टाघरको पश्चिम उत्तर दिशामा रहेको खुला चौरमा सभाको आयोजना गरिएको छ । आज नै दुबै दलका शीर्ष नेताले दैलेख बजार र दुल्लुमा हुने जनसभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

जनसभामा कम्तिमा १५ हजारको सहभागीता रहने आंकलन गरिएको छ । ओली र प्रचण्ड आउने भएपछि एमाले र माओवादी केन्द्रका नेताहरु उत्साहित बनेका छन् ।