२०७७ कार्तिक ११, मंगलवार

आर्थिक समृद्धि काँग्रेसको प्राथामिकता : खड्का

सुर्खेत, ७ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लािग सुर्खेत क्षेत्र नं. १ बाट उम्मेदवार रहेका पूर्णबहादुर खड्काले आर्थिक समृद्धि मुलूकको प्राथमिकताको पहिलो एजेण्डा हुनुपर्नेमा जोड् दिँदै त्यसको नेतृत्व काँग्रेसले गर्ने दावि गरेका छन् ।

चुनावी कार्यक्रमअन्तर्गत बुधबार सुर्खेतको मालारानीमा भएको कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा विकास निर्माण बारे बोल्दै उम्मेदवार खड्काले सुर्खेत–दाङ सडक पक्की गर्ने र भेरी करिडोर सिँचाइ आयोजनाको काम अघि बढिसकेकोले त्यसलाइ पूर्णता दिने बताए । उनले प्रादेशिक विमान स्थल बनाउन टेण्डर प्रक्रिया अघि बढेको जानकारी दिँदै रणनीतिक महत्वको गुमी–पातिहाल्ना–राकम सडक निर्माण सम्पन्न हुने क्रममा बताए ।

सडक सञ्जाल र अन्य विकास निर्माणलाइ अघि बढाउँदै आएको नेपाली काँग्रेसको नेतृत्वमा रातानाङ्ला–धरमपोखरा सडकको स्तरोन्नति गर्न लागिएको खड्काले उल्लेख गरे । यसैगरी भेडाबारी–धुलियाबीट सडक केन्द्रीय आयोजनाअन्तर्गत सञ्चाल गरिने र २० बर्षभित्र सम्पन्न हुने गरि भेरीगंगा उपत्यका आधुनिक शहर निर्माण प्रक्रियामा रहेको र त्यसले उक्त क्षेत्रको विकास तथा समृद्धि ल्याउने प्रष्ट खाका कोरिएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस गाउँ कार्य समिति (साविक मालारानी गाविस)का सभापति खिमानन्द ढकालको सभापतित्वमा भएको कार्यक्रममा युवा नेता नरेशविक्रम ढकाल र चुनाव प्रचारप्रसार समितिका संयोजक फत्तराम कँडेलले पनि आसन्न निर्वाचनमा काँग्रेसलाइ जिताउन आह्वा गरेका थिए ।