२०७७ कार्तिक ११, मंगलवार

सिम्ता गाउँपालिकाको निर्णयहरु

सुर्खेत, ७ मंसिर । पुर्वि सुर्खेतको सिम्ता गाउँ पालिकाले आफ्नो मासिक बैढकको समिक्षा का साथै विभिन्न निर्णयहरु गरेको छ् । बुधवार गाउँपालिका कार्यलयमा बसेको जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारी को सयुक्त बैढकले विभिन्न विषयमा छलफल गरेको छ् ।

बैढकले सिम्ता गाउँपालिकाको पहिलो गाउँ परिषदले पेश गरेका विभिन्न योजना तथा निर्णय हरुलाई सफल र निर्णधारीत लक्ष्य परिपुर्ति गर्नका लागी तदारुपताका साथ अघि बढ्ने निर्णय बैढकले गरेको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले बताए ।

गाउँपालिकामा संकलन हुने राजस्व लाई बृद्धि गर्ने र सहि तरिका बाट राजस्व संकलन,गर्ने विभिन्न योजना तथा आयोजना निर्माणका लागी उपभोक्ता समिति गठन तथा उपभोक्ता परिचालन गर्ने ,विकाश निमार्णका कार्यहरुको लागी दक्ष प्राविधिकहरुको छनोट र स्टोमिट निमार्ण र कार्यनोयन गर्ने निणर्य गरेको छ ्। साथै बैढकले आगामी मंसिर २१ गते सुर्खेत जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गाउँपािलकाका कर्मचारीले खेल्ने भुमिकाका बिषयमा छलफल भएको अध्यक्ष केसीले बताए ।

कर्मचारीहरुले निर्वाचनमा पालना गनुपर्ने आचारसहिताँका विषयमा पनि छलफल भएको छ ् छलफल पछि कर्मचारीहरुले निर्वाचन आचारसहिँताको पुर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन ्।