२०७७ कार्तिक ९, आईतवार

भोलिका लागि सोचौ

बाल वालीका आजका होइन भोलिका कर्णधार हुन् । भोली देशको समग्र क्षेत्रका अगुवाइ गर्ने क्षमता भएका बालवालीकाहरुलाई अहिलेदेखि हामिले संरक्षण गर्न सक्यौ भने मात्रै भोलिको राष्टको समग्र क्षेत्रको नेतृत्व ति बालवालीकाले गर्न सक्छन । यो विस्वासका साथ अहलिेदेखी बालवालीकाहरुको संरक्षणमा जिम्मेवारी पुर्वक जुटौ ।

हरेक बर्ष नोभेम्बर २० तारीख अर्थात २८ औ अन्तराष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाईन्छ । संयुक्त राष्ट्रसंघले वालअधिकार सम्बन्धी महासन्धी पारित गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ्। २८ औँ अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सुर्खेतमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ ्। सुर्खेतमा महिला तथा बालबालिका कार्यलय सुर्खेतले जिल्ला प्रहरी कार्यलयको सहयोगमा वीरेन्द्रनगरका विभिन्न स्थानहरुबाट १० जना सडक बालबालिकाहरुलाई उदार गरेको छन् । बालबालिकाहरुको अविभावकत्व प्रदान गरी उनीहरुको शारीरीक, मानसिक, सामाजिक र शैक्षिक बिकाशका विभिन्न देशहरु र प्रत्येक देशका नागरीकहरुले आ आफ्नो तर्फबाट सहयोग गर्नु अपरीहार्य हुन्छ ।

संयुक्त राष्ट्रिय सघंद्धारा १९५४ नोभेम्बर २० तारीखमा बिश्व भरीका बालबालीकाहरुको आधारभुत आवश्यक्ताहरु प्ुरा गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरीएको हो ्। . अन्तराष्ट्रि बाल दिवसको मुख्य उद्देश्य भनेकै बालबालीकाहरु माथि भईरहेको हिसां र दुब्र्यवहारहरुको निराकरण गरी उनिहरुको व्यक्तीत्व बिकाश नरोकिने खालको सहज परीस्थितीको वातावरण सिर्जना गरिदिनु रहेको छ । यहि उदेश्य अनुरुप सबै लागेर बालवालीकाको संरक्षणमा लाग्यौ भने मात्रै हामि भोलिको देशको चिन्ता लिएर काम गर्न सक्छौ ।