२०७७ मंसिर १५, सोमबार

वीरेन्द्रनगरमा काग्रेसको घरदैलो सूरु

सुर्खेत, ८ मंसिर । नेपाली काँग्रेस सुर्खेत क्षेत्र नं. २ को चुनावी कार्यक्रमअन्तर्गत बिहिबारदेखि वीरेन्द्रनगर नगरपालिकाभित्र चुनाव प्रचार कार्यक्रम शुरु गरिएको छ । यसैक्रममा बिहिबार वडा नं. १ बांगेसीमलमा घरदैलो कार्यक्रम गर्दै प्रतिनिधि सभा सदस्यका लािग सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार हृदयराम थानीले आफू जन्मिएको ठाउँको विकासका लागि मत दिन जनतालाइ आह्वान गरे । ‘अहिलेको सबैभन्दा ठूलो चुनौति संविधान कार्यान्वयन हो, त्यसको लागि काँग्रेसलाइ भोट दिनु आवश्यक छ ।’–घरदैलोका क्रममा थानीले भने ।

यस अघिका निर्वाचनमा आफूले जनतामाझ गरेका बाचा पूरा गर्दै आएको बताउँदै उनले जिल्लाको समग्र विकासका लागि आफूलाइ चुनाव जिताउन मतदातासंग आग्रह गरे । वीरेन्द्रनगर उपत्यकालाई सुन्दर र हराभरा बनाउन टाउन प्लानिङ अनुसार काम गर्दै जाने दृढता व्यक्त गर्दै उनले यातायातका लागि चक्रपथ निर्माणमा जोड् दिने प्रतिबद्धता जनाए । हाल उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न र सिचाइँ सुविधा उपलब्ध गराउन भेरीबाट लिफ्ट गरेर पानी ल्याउने योजना आफूले बनाएको बताए ।

जिल्लामा धेरै विकास निर्माणका कामहरु शुरु भएको र त्यसलाइ पूरा गर्दै नयाँ योजना निर्माण गर्न पनि काँग्रेसलाइ जिताउनुपर्नेमा उनले जोड् दिए । कार्यत्रममा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. २ (क) का उम्मेदवार कमलराज रेग्मीले उपत्यकाभित्र खोल्न वाँकी रहेका सडक निर्माण, अस्पतालहरुलाइ सुविधा सम्पन्न बनाउने, विद्यालय र कलेजहरुमा गुणस्तरीय शिक्षाका लागि आफूले महत्वका साथ काम गर्ने प्रतिबद्धता जनाए ।
बिहिबार सम्पन्न वडा नं. १ र ४ को घरदैलो कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, क्षेत्रीय सभापति नारायण कोइरालालगायत समानुपातिकतर्फका उम्मेदवारहरुको समेत उपस्थिति रहेको थियो ।