२०७७ कार्तिक ११, मंगलवार

सहारेमा काग्रेसको जनसभा

सुर्खेत, ८ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लािग सुर्खेत क्षेत्र नं. १ बाट उम्मेदवार रहेका पूर्णबहादुर खड्काले आर्थिक सम्मृद्धिविना देश र जनताको उन्नती हुन नसक्ने भन्दै त्यसलाइ काँग्रेसले आफ्नो प्राथमिकतामा राखेको बताएका छन् ।

बिहिबार सुर्खेतको गुर्भाकोट नगरपालिकाको सहारे र घुमखहरेमा भएका छुट्टाछुट्टै चुनावी आमसभालाई सम्बोधन गर्दैै खड्काले आफ्नो निर्वाचन क्षेत्रको भौतिक, आर्थिक, शैक्षिक तथा सामाजिक विकासका लागि आफू दत्तचित्त भएर लागेको र भोलिका दिनमा पनि दृढ भएर लाग्ने प्रतिवद्धता जनाए ।

सडक सञ्जालको विकास गर्न आफूले प्रत्येक गाउँबाट सहायक मार्ग निर्माण गरि मूख्य सडकमा जोडेर यातायातको सुविधा सम्पन्न क्षेत्र बनाउने योजना बनाएको उनले बताए । थाँती रहेको भेडाबारी–धुलियाबीट सडक केन्द्रीय आयोजनामा पारेर कालोपत्रे गर्ने नीति आफूले लिएको उम्मेदवार खड्काले बताए । भेरी किनारमा रहेको वस्ती विकास तथा भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरापालिकालाई हरित शहरका रुपमा विकास गर्ने सोचका साथ बनाइएको टाउन प्लानिङ २० बर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस गाउँ कार्य समिति सहारेका कार्यवाहक सभापति तेजविक्रम शाहीको सभापतित्वमा भएको कार्यक्रममा युवा नेता नरेशविक्रम ढकाल र चुनाव प्रचारप्रसार समितिका संयोजक फत्तराम कँडेलले पनि काँग्रेसलाइ जिताउन आह्वा गरेका थिए ।