२०७७ मंसिर १०, बुधबार

सुर्खेतका ट्राफिक प्रहरी प्रमुखकाे दुर्घटनामा परि निधन

सुर्खेत,९ मंसीर । पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसिकोट तर्फ जादै गरेको बा १ ज ४२६० नम्बरको जिप हिजो बेलुकी पौने ८ बजे मुसिकोट नगरपालिका वडा नम्वर ९ कालिमाटिमा दुर्घटना हुदाँ ७ जनाको घटना स्थलमै ज्यान गएको छ भने तिन जना घाईते भएको जिल्ला प्रहरी कार्यलय रुकुमका डियसपी राजेन्द्र धमलाले जानकारि दिनू भयो ।

१० जना यात्रु सवार जिप सडकबाट करिब १५० मिटर तल खसेको डियसपी धमलाले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरुमा मुसिकोट नगरपालिका १ का जनक शाह, सुदन श्रेष्ठ,शेर ब। श्रेष्ठ मुसिकोट नगरपालिका ्४ कि सुरेशा मल्ल त्रिबेनि गाउँपालिका ४ कि एमुना मल्ल र शाही पुर्वि रुकुमको सदरमुकाम रुकुमकोट निवासी एक हप्ता पहिले सुर्खेतको ट्राफिक प्रहरी प्रमुख भएर आउनुभएका प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उहाकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधान रहेका डियसपी धमलाले जानकारी दिनुभयो छ् ।

घाईते ुहनेहरुमा चालक तुल्सीपुर उपमहानगर पालिका १६ मा प्रेम सिजाली , सहचालक प्रेम केसी र घोराही उपमहानगर पालिकाका टेक बादुर खत्री रहेको डियसपी धमलाले जानकारी दिनुभयो घाईते ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागी गय राती नै नेपालगण्ज रिफर गरिएको डियसपी धमलाले जनकारी दिनुभयो ।

यसैविच, सल्यानमा हिजो भएको बस दुर्घटनामा १६ जना घाइते भएका छन् । रोल्पाको राँकबाट दाङ तुलसीपुरका लागि छुटेको राप्ती समितिको ना ३ ख ८०७७ नंम्वरको बस हिजो दिउसो ३ वजे शारदा नगरपालिका –६, वरलामा दुर्घटनाग्रसस्त भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुमध्ये ९ जनाको अधिकारी पोलिकिल्निक र ७ जनाको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते हुनेमा सल्यान बांझकाडाका छविलाल विक, शानपा –१२, निवासी हिरालाल विक ,सल्यान पिपलनेटा निवासी खुमा केसी, जीवन केसी,मेनुका केसी,छविलाल केसी रहेका छन ।

यस्तै रोल्पा रांँककी धनमाया वली, रोल्पा पाखापानीका मनिसा बिक, रोल्पा रांककी जस्मीरा सुनार, रतिकला बिक र बिन्दु बिक रहेको प्रहरीले जनाएको छ ।