२०७७ मंसिर १५, सोमबार

मैले जिते छिञ्चु खोलामा तटबन्ध : खड्का

सुर्खेत, मंसिर १६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार पूर्णबहादुर खड्काले शुक्रबार भेरीगंगा नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर मतदाताहरुसँग भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा खड्काले आफूले चुनाव जितेमा छिञ्चु खोलामा तटबन्ध गरी बस्तीमा बाढीले क्षति हुनबाट बचाएको र सोही खोलाबाट नै लिफ्ट गरेर आयोजना निर्माण गरी छिञ्चुका जनतालाई खानेपानीको सुविधा उपलब्ध गराएको बताए । छिञ्चुको झिलमिलेदेखि मैनतडा, मेहेलकुना, दहचौर, गुमी, लेखफर्सा, दशरथपुर र रामघाट हुँदै चक्रपथ निर्माण गरी भेरी किनारमा रहेका लेकवेशी, भेरीगंगा र गुर्भाकोट नगरपालिकालाई जोडेर नगरबासीलाई यातायातको सहज पहुँचमा पु¥याउने प्रतिबद्धता जनाए ।

यता, नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. २ का उम्मेद्वार हृदयराम थानीले सुर्खेतस्थित नेपाल विद्यार्थी संघ र महिला संघका नेता तथा कार्यकर्ताहरुलाइ निर्वाचनमा सक्रीय भएर लाग्न निर्देशन दिएका छन् । शुक्रबार पार्टी कार्यालय सुर्खेतमा भएका छुट्टाछुट्टै कार्यक्रममा बोल्दै थानीले मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन काँग्रेसको पक्षमा पार्न सक्रिय भएर खट्न अनुरोध गरे । उनले यही मंसिर १८ गते हुने सुर्खेतको निर्वाचन क्षेत्र नं. २ को बृहत् आमसभाको पूर्व सन्ध्यामा उपत्यका स्तरीय ¥यालीको आयोजना गर्नसमेत निर्देशन दिए ।