२०७७ मंसिर १५, सोमबार

अस्पतालको सफलता

मानविय जिवनका कयौ अवयबहरु विज्ञानसंग सम्बन्धीत छन् । विज्ञान मानविय जिवनको महत्वपुर्ण कुरा पनि हो । त्यो सग जोडिएको मानविय आवश्यक्ता र स्वास्थ्यको कुरा पनि महत्वपुर्ण छ । पछिल्ला बैज्ञानीक सोधकर्ताहरुले जिवन बचाउन विभिन्न प्रयत्नहरु गरिरहेको देखिन्छ । यि सबै प्रयासहरु विभिन्न परिक्षणपछि सफलता प्राप्त गरिरहेका छन् ।यि सफलताले पछिल्लो समय मानविय जिवनमा पर्दै आईरहेका विभिन्न संकटहरु पनि समाधान भैरहेका छन् । विभिन्न रोगहरुबाट प्रतिरोध गर्ने र रोगहरुका विरुद्ध लाग्ने शन्दर्भहरु पनि सम्बोधन भैरहेका छन् ।

यस्तै एउटा प्रयास सुर्खेतमा पनि गरिएको छ । सानो प्रयास र सानो लगानिमा डाक्टरहरुको निरन्तरको प्रयासले यो सम्भव भएको हो । स्वास्थ्यका क्षेत्रमा पछिल्लो समय क्षेत्रीय अस्पताल सुर्खेतले आफ्नो सेवा थप प्रभावकारी बनाउदै आईरहेको छ । क्षेत्रीय अस्पतालले विगत १ बर्ष देखि शुरु गरेको नवजात शिशु कार्यक्रम देशमैं सफल बनेको दावि गरेको छ । कान्ति बाल अस्पतालले समेत चलाउन हम्मे हम्मे परेको कार्यक्रम क्षेत्रीय अस्पताल आफ्नै श्रोत साधनमा सञ्चालन गरेर बालबालिकाको ज्यान बचाउन समेत सफल भएको छ । ७ महिनामैं जन्मिएको एक शिशुलाई करिब साढे २ महिना एन.आई.सी.यु.मा राखेर बचाउन सफल भएको बाल रोग विशेषज्ञ डाक्टर नवराज के.सी.ले जानकारी दिए ।
नवजात शिशु कार्यक्रम सरकारले दिएको निशुःल्क सेवा हो र यसका लागि क्षेत्रीय अस्पतालले आप्mनै आन्तरिक आर्थिक श्रोत परिचालन गरेर शिशु स्वास्थ्यमा योगदान दिंदै आएको छ । आप्mनै पहलमा एन.आई.सी.यु. सेवा समेत शुरु गरेको यो अस्पतालले १ महिना भन्दा कम उमेरका शिशुहरुको उपचार गर्ने देखि नवजात शिशुहरुको निशुःल्क उपचार दिइरहेको छ । नेपाल सरकारले सिमित् आर्थिक श्रोत उपलव्ध गराएको अवस्थामा पनि कार्यक्रमलाई निरन्तरता दिएको छ । यो एकप्रकारले अस्पतालको महत्वपुर्ण सफलता हो ।

यो सफलताले स्थानिय श्रोत साधन र सानो लगानिमा पनि ठुलो सफलता प्राप्त गरेको छ भने यो सबै सफलताले यस क्षेत्रमा केहि हुने विस्वास पनि गर्न सकिन्छ । यस्ता नया अन्बेषन तथा सफल चिकीत्सा अभ्यास जारि रहुन् ।