२०७७ कार्तिक ११, मंगलवार

राष्टीय अभियानमा सहकार्य गरेर लागौ :आचार्य

सुर्खेत, मंसिर १७ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले मंसीर २१ गते हुने प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा सबैले प्रभावकारी भुमिका निर्बाह गर्नुपर्ने बताएका छन् । दशकौपछि हुन लागिरहेको निर्बाचन राष्टीय कार्यभार भएको भन्दै यो कार्यभार पुरा गर्न सबै लाग्नुपर्नेमा आचार्यले जोड दिएका हुन् । संविधान निर्माणपछि हामि नया संरचनामा निर्बाचन गर्दैछौ यो निर्बाचनलाई सफलता पुर्वक सम्पन्न गर्न सबै लागौ आचार्यको भनाई छ ।

पत्रकार महासंघ सुर्खेतले वीेरेन्द्रनगरमा प्रतिनिधी र प्रदेश सभाको निर्वाचन आचारसंहिता सम्बन्धी सर्वपक्षिय अन्र्तक्रियामा बोल्दै महासंघका अध्यक्ष आचार्यले यस्तो समयमा सञ्चार माध्यामले संयमतापुर्वक समाचार प्रसारण प्रकासन गर्न समेत आग्रह गरे । मतदाता र एक एक नागरिकलाई निर्बाचन लागिरहेको छ पत्रकारलाई पनि यो निर्बाचन लाग्नुपर्यो तर सकारात्मक रुपमा भुमिका निर्बाह गर्नुपर्यो आचार्यको भनाई छ । यो समयमा पत्रकारले निर्वाचन आचार संहिता विपरीत राजनितिक दलको प्रचारप्रसारमा लागिरहेको गुनासो आईरहेको भन्दै त्यसो नगर्न समेत आचार्याले आग्रह गरेका छन् ।

निर्वाचनका समयमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिए । यस्तै प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले पत्रकारले आफु आस्थावान पार्टीका उम्मेद्धवारको फेसबुक टुईटर लगायतका सामाजिक संजालमा भोट माग्नु पनि आचारसंहिता विपरीत हुने भन्दै यस्तो नगर्न सबै पत्रकारलाई सचेत गराए ।

प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले हालसम्म राजनितिक दलका कार्यकर्ताका सार्थ पत्रकार र निजामति कर्मचारीले पनि आचारसंहिता विपरीत गतिविधी गरिरहेको भन्दै छानबिन भईरहेको बताए । अन्तरक्रियामा जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले २१ गतेको निर्वाचनका लागि १९ र २० गते मतदाता परिचय पत्र वितरण गरिने भन्दै निर्वाचनको सबै तयारी पुरा भईसकेको बताईन् ।

उनँले स्थानीय तहको भन्दा यसपटकको निर्वाचनमा बदर मत घटाउनका लागि मतदाता शिक्षालाई प्रभावकारी बनाईएको र सुरक्षा व्यवस्था पनि कडा बनाईएको बताईन् । जिल्ला बारका अध्यक्ष नन्द भण्डारीले काुनन र आचारसंहिताले नदिएको कुरामा पनि सबैले आचारसंहीता उल्लघन गरिरहेको बताए । भण्डारीले निर्बाचन आचारंसहिता उल्लघन गर्ने सबै उम्मेदवार र दलहरुलाई समेत कारबाहि गर्नुपर्ने बताए । पत्रकार महासंघका निबर्तमान केन्द्रिय कोषाध्यक्ष सुर्यमणी गौतमले सामान्य समय भन्दा यस्तो बेला बढि मर्यादित भएर काम गर्न पत्रकारहरुलाई रिपोर्टीग गर्न आग्रह गरे ।

कार्यक्रममा केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले सबै संगको सहकार्यमा मात्रै पत्रकार सुरक्षीत रुपमा काम गर्ने प्रतिक्रीया दिए । निर्बाचन प्रर्यबेक्षण समिति नियोकका प्रदेश संयोजक युवराज शर्माले निर्वाचन आयोगको आचारसंहिता पालन गरेर निर्वाचनलाई स्वच्छ निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । अन्तरक्रिया पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा सम्पन्न भएको हो ।