२०७७ मंसिर १७, बुधबार

काग्रेस उम्मेदवारका विभिन्न कार्यक्रम

सुर्खेत, १७ मंसिर । यसैगरी, सुर्खेतको क्षेत्र नं. १ (ख) का प्रदेश सभा उम्मदेवार झकबहादुर डाँगीले शनिबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले शनिबार भेरीगंगा नगरपालिकाको हर्रे, मुरली तथा छिन्चु आसपासका वस्तीहरुमा पुगेर घरदैलो कार्यक्रम गरेका छन् ।
त्यसक्रममा उनले आफूले निर्वाचन जितेमा हर्रेबाट मुरलीखोला हुँदै वैकल्पिक सडक मार्ग निर्माण गरी छिन्चुसम्म पु¥याउने प्रतिबद्धता जनाएका छन् । हर्रेमा रहेको विद्यालयमा भौतिक सुविधाका लागि भवन निर्माण तथा फर्निचर, कम्प्यूटर र कम्प्यूटर शिक्षकको व्यवस्था गर्न पहल गर्ने डाँगीले आश्वासन समेत दिए । उनले तरकारी खेती गर्ने कृषकहरुका लागि समयमै बिउपल र प्राविधिक सल्लाहका लाग जनशक्ति उपलब्ध गराउने व्यवस्थाका लािग आफूले पहल गर्ने बताए ।

घरदैलो कार्यक्रममा भेरीगंगा वडा नं. ४ का वडा सदस्य रुपसिं सुनार, काँग्रेसका पूर्व महासमिति सदस्य महाबिर खत्रीलगायत स्थानीय नेताहरुको सहभािगता रहेको थियो । यता नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले विकास निर्माणका क्रममा काँग्रेसले चालेको कदमको मूल्याङ्कन अब मतदाताले गर्नुपर्ने बताएका छन् । शनिबार सुर्खेतको डाँडाखालीस्थित जुम्ली अम्राइमा भएको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खड्काले फेरि पनि जनताले नेपाली काँग्रेसलाइ जिताएमा पाँच बर्षभित्र सिम्ता क्षेत्रलाई सबै सुविधाबाट सम्पन्न गराइ देशकै उत्कृष्ट क्षेत्र बनाउने उनले घोषणा समेत गरे ।

शनिवार नै नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार हृदयराम थानीले शनिबार वीरेन्द्रनगर ९ मंगलगढीका मतदाताहरुसंग भेटघाट गरेका छन् । भेटका क्रममा थानीले आसन्न निर्वाचनमा नेपाली काँग्रेसलाइ जिताएमा वडाभित्र रहेका समस्या समाधानका लागि गम्भीरतापूर्वक लाग्ने बताए ।

यस्तै, चुनाव प्रचारका क्रममा मंगलगढी पुगेका थानीलाई स्थानीयले लाटीकोइली र इट्टाभट्टातर्फको सडक पिँच तथा पानी निकासको प्रबन्ध मिलाइदिन माग गरेका छन् । यसैगरी, मतदातासंग भेटघाट गर्दै काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका लागि क्षेत्र नंं २ (क)का उम्मेदवार कमलराज रेग्मीले आफू निर्वाचित् भएमा जनताको समस्या समाधानका लागि लागिपर्ने आश्वासन दिएका छन् ।