२०७७ कार्तिक १५, शनिबार

मुख्यमन्त्रीको चर्चा

निर्बाचन सम्पन्न भयो । पहिलोपटक संघिय संविधानले गरेको व्यवस्था अनुसार स्थानिय तहको निर्बाचन गरेको ६ महिनापछि प्रदेश र प्रतिनिधीसभाको निर्बाचन एकैपटक सम्पन्न भएको छ । यस्ले अब एकैपटकमा दुइ तहको सरकार निर्माणको बाटो खोलेको छ । प्रदेश र केन्द्रमा अब दुइ छुट्टा छुट्टै सरकार निर्माण हुनेछन् । बहुमतका आधारमा निर्माण हुने सरकार गठनका लागि प्रदेश र केन्द्रमा बाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । यो बहुमतले अब सरकारमा गठबन्धनभित्रैबाट को प्रदेश प्रमुख हुन्छ भन्ने चर्चा सुरु भएको छ । देशैभरी यस्को चर्चा भैरहेको छ । हामि ६ नम्बर प्रदेशमा भएका कारण बढि चर्चा ६ नम्बर प्रदेशकै भैरहेको महसुस हुन्छ ।

६ नम्बर प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मनोनयन गर्दा अघि देखी नै मुख्यमन्त्री को हुने भन्ने बारे चर्चा हुन थालीसकेको थियो । यो चर्चा अहिलेपनि उस्तै तातो तातो रुपमा रहेको छ । चर्चामा नेपाली काग्रेसका तर्फबाट हुम्लाका जीवन शाही,सुर्खेतबा तप्तबहादुर विष्ट,एमालेबाट सुर्खेतका पुर्वमन्त्री यामलाल कडेल र सल्यानका प्रकाश ज्वाला अनि माओवादी केन्द्रबाट कालीकोटबाट मन्त्री महेन्द्र बहादुर शाही , र जुम्लाका नरेश भण्डारी रहेका थिए ।

चुनावको नतिजा आइसक्दा अब मुख्यमन्त्रीका आकांक्षी जीवन शाही र तप्तबहादुर बिष्ट रिङ्ग आउट भईसकेका छन । काग्रेस ६ नम्बर प्रदेशमा हुम्ला प्रदेशसभा २ बाट जीवन शाही बाहेक प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा पराजीत भईसकेको छ । प्रदेशसभा २ हुम्लामा जीवन शाही बाहेक ६ नम्बर प्रदेशका सबै स्थानमा बामगठबन्धनले कब्जा जमाईसकेको छ । जीवनबहादुर शाही मुख्यमन्त्रीको उम्मेदवार बनेर प्रदेशतिर झरे पनि प्रदेश ६ मा कांग्रेस सरकार बनाउन त परै जाओस प्रत्यक्षतर्फ उपस्थितिकै लागि निकै सघर्ष गर्नु पर्यो । शाहीले आफूले जितेर कांग्रेसलाई निल हुनबाट बचाएका छन् ।

यसो हुदा शाहि एक्ला प्रतिनिधी हुन् । अब एमालेका यामलाल कडेल प्रकाश ज्वाला र माओवादी केन्द्रका महेन्द्र शाही तथा नरेश भण्डारी यस प्रदेशको मुख्यमन्त्रीका दावेदार हुन । यो दाविमा सामान्य छलफल चले पनि विना विवाद यो मुख्य मन्त्री चयनको प्रकृया अगाडि बढाउनुपर्छ । यो प्रदेश निर्माणका लागि सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्छ । आकाक्षी मध्येबाट एकजना मात्रै मुख्य मन्त्री हुनेभएपछी बाकिले सहयोग गरेर प्रदेश निर्माण प्रकृयामा सबैको सहभागिता जरुरी हुन्छ ।