२०७७ मंसिर १६, मंगलवार

प्रत्यक्षमा हारेको कांग्रेस समानुपातिकमा पहिलो

२९ मंसिर, सुर्खेत । दोस्रो चरण अन्र्तगत सुर्खेतमा सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको समानुपातिकतर्फको क्षेत्र नम्वर १ को मतपरिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार प्रत्यक्ष तर्फ पहिलो बनेको नेकपा एमाले लाई नेपाली कांग्रेसले पछि पारेको छ । क्षेत्र नम्वर १ सुर्खेतमा खसेको कुल ७२ हजार ६ सय ८३ मत मध्य नेपाली कांग्रेसले ३१ हजार ८ सय ८९ मत प्राप्त गरी पहिलो दल बनेको छ । भने ने कपा एमाले ले २८ हजार ९ सय ६४ मत प्राप्त गरेको छ ।

यस्तै माओबादी केन्द्रले ६ हजार ६ सय ४५ मत पाएको छ । ३ हजार ४ सय ३० मत बदर भएको जिल्ला निर्वाचन आयोग सुर्खेतले बताएको छ । यस्तै सुर्खेत निर्वाचन क्षेत्र नम्वर १ प्देश सभा –क) मा कुल ३१ हजार ७ सय २३ मत मध्य नेपाली कांग्रेसले १४ हजार ७१ मत प्राप्त गरेको छ । एमालेले ११ हजार ७ सय २२ मत पाएको छ भने नेकपा माओबादी केन्द्रले २ हजार ८ सय मत पाएको छ । जसमा २ हजार ६ सय ३२ मत बदर भएको निर्वाचन कार्यलय सुर्खेतले बताएको छ । यसैगरी सुर्खेत क्षेत्र नम्वर १ (ख ) को पनि समानुपातिक मतपरिणाम सार्वजनिक गरिएको छ । जसमा पनि नेपाली कांग्रेस नै पहिललो दल बनेको छ । कुल खसेको ४० हजार ९ सय ६० मत मध्य १६ हजार ५ सय ९१ मत प्राप्त गर्दै नेपाली कांगे्रस पहिलो बनेको छ भने प्रत्यक्षमा पहिलो बनेको दल नेकपा एमालेले १५ हजार ५ सय १३ मत प्राप्त गरेको छ । यस्तै नेकपा माओबादीले ४ हजार ५ सय ७३ मत पाएको छ । जसमा ३ हजार २ सय २ मत बदर भएको छ ।

नतिजाअनुसार सुर्खेतमा नेपाली कांग्रेस एमालेभन्दा २२ सय ८७ मतले अग्र स्थानमा छ । सुर्खेतमा खसेको कुल खसेको मतमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ ८३ हजार ५ सय ३० मत गणना भईसक्दा कांग्रेसले ३७ हजार १ सय १७ मत प्राप्त गरी पहिलो दल बनेको छ भने कांग्रेसले प्रदेशसभापतर्फ २१ हजार २ सय ४४ मत प्राप्त गरेको छ । त्यसैगरी एमालेले प्रतिनिधीसभातर्फ ३४ हजार ८ सय ३० मत प्राप्त गरी दोश्रो दल बनेको छ भने नेकपा माओवादी केन्द्रले ८ हजार १९ मत प्राप्त गरी तेश्रो दल बनेको छ । एमालेले प्रदेशसभातर्फ २१ हजार ५६ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ६ हजार ७ मत प्राप्त गरेको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ ४ हजार १ सय ९३ मत बदर भएको छ भने ५६ हजार मत गणना भईसक्दा प्रदेशसभातर्फ ४ हजार ५ सय ४३ मत बदर भएको छ । सुर्खेतमा अहिलेसम्म निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सम्पन्न भएको छ भने क्षेत्र नम्बर २ को मतगणना अँझै जारी छ ।