२०७७ कार्तिक ५, बुधबार

६ नम्बर प्रदेशको मुख्यमन्त्री को ?

धर्मराज जि.सी. । ६ नम्बर प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मनोनयन गर्दा अघि देखी नै मुख्यमन्त्री को हुने भन्ने बारे चर्चा हुन थालीसकेको थियो । यो चर्चा अहिलेपनि उस्तै तातो तातो रुपमा रहेको छ । चर्चामा नेपाली काग्रेसका तर्फबाट हुम्लाका जीवन शाही,सुर्खेतबा तप्तबहादुर विष्ट,एमालेबाट सुर्खेतका पुर्वमन्त्री यामलाल कडेल र सल्यानका प्रकाश ज्वाला अनि माओवादी केन्द्रबाट कालीकोटबाट मन्त्री महेन्द्र बहादुर शाही , र जुम्लाका नरेश भण्डारी रहेका छन । चुनावको नतिजा आइसक्दा अब मुख्यमन्त्रीका आकांक्षी जीवन शाही र तप्तबहादुर बिष्ट रिङ्ग आउट भईसकेका छन ।

काग्रेस ६ नम्बर प्रदेशमा हुम्ला प्रदेशसभा २ बाट जीवन शाही बाहेक प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा पराजीत भईसकेको छ । प्रदेशसभा २ हुम्लामा जीवन शाही बाहेक ६ नम्बर प्रदेशका सबै स्थानमा बामगठबन्धनले कब्जा जमाईसकेको छ । स्थानीय चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्र झण्डै समान हैसियतमा भएकाल प्रदेश सरकारमा तीनै दलको सम्भावना थियो । त्यही आशमा संविधानसभा सदस्य र मन्त्री भइसकेका जीवनबहादुर शाही मुख्यमन्त्रीको उम्मेदवार बनेर प्रदेशतिर झरे पनि प्रदेश ६ मा कांग्रेस सरकार बनाउन त परै जाओस प्रत्यक्षतर्फ उपस्थितिकै लागि निकै सघर्ष गर्नु पर्यो ।

शाहीले आफूले जितेर कांग्रेसलाई निल हुनबाट बचाएका छन् । उनको जिल्ला आफ्नै हुम्लामा प्रतिनिधिसभा भने जिताउन सकेनन् । त्यस्तै मतदातासंग भोट माग्दा मुख्यमन्त्रिको रुपमा भोट मागेका तप्तबहादुर विष्टपनि पराजित ाभैसकेका छन् । अब बामगठबन्धन भित्र नै मुख्यमन्त्रीको लागी दौडधुप हुने निश्चित छ । बामगठबन्धन भित्रका एमालेका प्रकाश ज्वाला भन्दा यामलााल कडेलको बढी सम्भावना हुने एमाले भित्र चर्चा छ । नेकपा माओवादी केन्द्रका पनि नरेश भण्डारी भन्दा विनाविभागिय मन्त्री महेन्द्र बहादुर शाहीको बढी चर्चा हुने गरेको छ । एमाले बाट बढी चर्चामा रहेकामा यामलाल कडेल पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री हुन भने माओवादी केन्द्रका महेन्द्र बहादुर शाही पार्टीका पोलिटब्युरो सदस्य तथा वहालवाला विनाविभागिय मन्त्री हुन ।

माओवादी केन्द्रले बामगठबनधन भित्र ६ नम्बर प्रदेशमा मुख्यमन्त्रीको दावी भएकाले मुख्यमन्त्रीका आकांक्षी माओवादी केन्द्रका महेन्द्र बहादुर शाही ६ नम्बर प्रदेशको पहिलो मुख्यमन्त्री हुने प्रवल सम्भावना देखिन्छ । यता एमाले वृतमा भने कुनैपनि हालतमा मुख्यमन्त्रि छाड्न नहुने र त्यसका लागि एमाले नेता यामलाल कडेल योग्य रहेको चर्चा चलिरहेको छ । यद्यपी एमाले र माओवादी केन्द्रको पार्टी केन्द्रको सहमतिमा कुन पार्टीलाई कुन प्रदेशको मुख्यमन्त्री भाग पर्छ त्यही कुरामा पहीलो मुख्यमन्त्रीको टुङ्गो लाग्ने छ ।