२०७७ मंसिर ९, मंगलवार

‘सम्पादकीय’ छानिए दलहरु

निर्बाचन सम्पन्न भएको हप्तादिनपछी जिल्लाका निर्बाचनसम्बन्धी विभिन्न रिपोर्टहरु सार्वजनिक भैरहेका छन् । निर्बाचनसम्बन्धीका विभिन्न रिपोर्टहरुले आगामि राजनितिक पाटि र निर्बाचनहरु अरु व्यवस्थीत हुने देखिन्छ । यस पटक धेरै पार्टि असाध्यै सामान्य देखिन्छन् ।

निर्बाचन परिणामले पनि जिल्लाका ३ पाटी भन्दा अन्य पाटिको धरौटी समेत भएको देखिन्छ । सुर्खेतमा ठुला ३ दल बाट उठेका उम्मेदवार बाहेक सबैको जमानत जफत भएको छ । निर्बाचन आयोगले तोकेको प्रतिशतका आधारमा भोट ल्याउन नसक्दा जमानत जफत भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेका विभिन्न राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको हो । मंसिर २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका ५८ मध्ये ४६ जनाको जमानत जफत भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले मात्रै जमानत जोगाएका छन् । बाँकी सबै राजनीतिक दल संवद्ध उम्मेदवारको जमानत जफत भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्वर– १ मा प्रतिनिधिसभा सदस्यका लागि नौ जनाले उम्मेदवारी दिएकामा सात जनाको जमानत जफत भएको छ ।

यसपटक दलहरु छान्नीनु भनेको अर्कोपटक राज्य एउटा सम्बृद्धिको बाटोमा जानु हो । धेरै प्रकारका देशलाई विकास भन्दा पनि भद्रगोल गरेर भएभरका दलहरु राख्नुभन्दा अहिले यसरी आफै छानिएर जानुभनेको राम्रो हो ।