२०७७ मंसिर १४, आईतवार

श्रीमानको नाममा प्रहरी चौकिलाई जग्गा दान

सुर्खेत,पुस २९ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाकी देविकन्या उपाध्यायले जुम्लाको प्रहरी चौकी गोठी जिउला सिंजालाई झण्डै २२ लाख रुपैयाँको दान गर्नुभएको छ ।
उपाध्याले स्वर्गिय श्रीमान् लक्ष्मीनरायण उपाध्यायको सम्झनामा जग्गा उपलब्ध गराएकोे छोरा मछिन्द्रप्रसाद उपाध्यायले बताउनुभयो । देविकन्याले छोरा पृथ्वीनारायाण, मछ्रिन्द्र र धनन्जयसहितकोे सहमतिमा जग्गा उपलब्ध गराउनुभएको हो ।  जग्गा दान बुबाको सम्झनामा उचित कामका लागि सहयोग गरिएकोले यसमा आफूहरुको कुनै स्वार्थ नरहेको र इतिहासकालमा सम्झनाको लागि सानो सालिक निर्माण गर्न जिल्ला प्रहरीलाई अनुरोध गरिएको मछिन्द्र उपाध्याले बताउनुभयो ।

उपाध्याले ००६४५ वर्ग मिटर जग्गा उपलब्ध गराउनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डाक्टर तपन दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार प्रहरी चौकी स्थायी भएपनि जग्गा नभएका कारण प्रहरीको बस्ने भवन बन्न सकेको थिएन ।  जुम्लाका धेरै प्रहरी चौकी स्थायी भए पनि भाडाको भरमा सञ्चालनमा रहेका छन् । प्रहरी कार्यालयले आफ्नै पहलमा प्रहरी भवन निर्माणका लागि अभियान थालेको छ ।
जिल्लाका १४ प्रहरी चौकीमध्ये कनकासुन्दरीको गोठीजिउला, गोठिचौरको मणिसाघु र ताम्तिका लागि जग्गाको पहल भइरहेको मध्य गोठीपजउलामा प्राप्त भएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो ।