२०७७ कार्तिक ६, बिहीबार

विजयी उम्मेद्धारहरु बधाई थाप्न भ्याईनभ्याइ, मत माग्दा गरेका बाँचा पुरा गर्छौ

सुर्खेत, पुस १ । सुर्खेतका प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचित भएका विजयी उम्मेद्धारहरु यतिबेला भोट दिएर विजयी गराउने मतदाताको घरदैलोमा बधाई थाप्न र धन्यवाद दिन व्यस्त छन । उनिहरु लाई यतिवेला बधाई थाप्न र शुभकामाना ग्रहण गर्न भ्याई नभ्याई छ । चुनाबको समयमा तिनै उम्मेद्धारको प्रचार प्रचारमा अहोरात्र खटिएर लागेका कार्यकर्ताहरु टोल टोलमा विजयी जुलुस निकाल्न र उम्मेदवाहरुसग भेटघाट गर्ने कार्यक्रमहरु भैरहेका छन् ।

प्रतिनिधि सभाका लागी २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका ४ क्षेत्र गरी ६ वटा क्षेत्र रहेको सुर्खेतमा विजयी भएका बाम गठबन्धनका उम्मेद्धारहरुले औपचारकि रुपमा विरेन्द्रनगरमा गरेको पहिलो विजयी सभाका दिन आफुहरु मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न गाउ गाउ जाने घोषणा गरेका थिए । सोही कार्यक्रम अनुरुप उम्मेद्धारहरु विजयी पछिका दिनमा आफ्ना निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा गरिएका विजयी सभामा दिनभरी जसो ब्यस्त देखिएका छज् ।

उनिहरु मत माग्दा जनता संग गरेका विभिन्न विकाश निमार्ण र विकासशका प्रतिबद्धता पुरा गर्ने बताईरहेका छन् । निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधि सभाका निर्वाचित सदस्य धुब्र कुमार शाही , प्रदेश सभा १ क का ठम्मर विष्ट र १ ख का विजयी उम्मेद्धार खड्क खत्री क्षेत्र नम्वर १ का भेरिवेल्ड र सिम्ता क्षेत्रका ठाउँहरुमा विजयी सभा र मतदाताको घरदैलोमा पुगेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधि सभाका विजयी उम्मेद्धार नवराज रावत र प्रदेश सभा २ ख का प्रदेश सभाका निर्वाचित सदस्य विन्दमान विष्ट पस्चीम क्षेत्रका मतदाताका घरदैलो र विभिन्न ठाउँमा विजयी सभा गर्न ब्यस्त छन । निर्वाचन क्षेत्र नम्वर २ क का निर्वाचित सदस्य यामलमल कंडेल पनि विभिन्न वडाहरुमा पुगेर मतदाताहरुलाई धन्यवाद ज्ञापन गरिरहेका छन् ।

नेता कंडेलले विभिन्न विजयी सभामा मतदाता समक्ष आफुले गरेको प्रतिबद्धता पुरा गर्ने बताईरहेका छन् । निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका निर्वाचित सदस्य धुब्र शाहीले जनतासंग मत माग्दा गरेका बाचा हरु पुरा गरि छाड्ने बचन दिदै मतदाता समक्ष प्रस्तुत भएका छन । उनले जनताको शिर झुकाउने गरी काम नगरिने र यस क्षेत्रमा रहेका बाँकी अधु्रा काम पुरा गर्ने बचन दिएका छन् ।

निर्वाचित प्रदेश सभाका सदस्यहरु ठम्मर बिष्ट , विन्दमान बिष्ट , र खड्क खत्रीले आफुहरु प्रति जनताले विजयी बनाएर ठुलो जिम्मेवारी दिएकाले जनताको सुःख ,दुःख मा साथ दिने र विकास निमार्णका सम्पुर्ण कार्यहरुमा पहल गर्ने भन्दै मतदाता समक्ष प्रतिबद्धता दोहोर्याएका छन् ।