२०७७ मंसिर १०, बुधबार

समानुपातिक तर्फको मतगणना सकियो

सुर्खेत, पुस १ । प्रत्यक्ष तर्फ सुर्खेतमा एक सिटपनि नजितेको नेपाली कांग्रेसले समानुपातिक तर्फ भने सबैभन्दा बढी मत पाएको छ । नेपाली कांग्रेसे ५७ हजार १ सय ७१ मत ल्याउदाँ नेकपा एमालेले ५५ हजार २ सय ५४ र माओवादी केन्द्रले १५ हजार १९ मत पाएका छन । यसैगरी बिबेकशिल साझाले दुई हजार १ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ८ सय ३७ मत पाएका छन ।

जिल्लामा समानुपातिक तर्फ दलले भाग लिएकोमा अरू दलले भने एक हजारको आँकडा छुन सकेनन । दुई लाख चार हजार ५ सय ७७ मत रहेको सुर्खेतमा एक लाख ४५ हजार मत खसकेको थियो । सुर्खेतको क्षेत्र नम्बर एक मा भने नेपाली कांग्रेसले सबैभन्दा बढी ३१ हजार ८ सय ८९ मत पाएको छ । यसैगरी दोस्रो स्थानमा रहेको नेकपा एमालेले २८ हजार ९६४ र माओवादी केन्द्रले ६ हजार ६४५ मत पाएको सुचना अधिकृत हितप्रसाद पौंडेलले जानकारी दिए ।

७२ हजार ६सय ८३ मत खसेकोमा ३ हजार ४सय ३० मत बदर भएको छ । यसैगरी प्रदेस सभा क पनि कांग्रेसले सबैभन्दा बढी १४ हजार ७१ मत पाएको छ भने एमालेले ११ हजार ७२२ र माओवादी केन्द्रले दुई हजार ८ सय मत पाएका छन । ३१ हजार ७२३ मत खसेकोमा २ हजार ६३२ मत बदर भएको छ ।यस्तै प्रदेस सभा ख मा पनि कांग्रेसले सबैभन्दा बढी १६ हजार ५९१ मत ल्याएको छ भने एमालेले १५ हजार ५१३ माओवादी केन्द्रले ४ हजार ५७३ मत पाएका छन । ४० हजार ९९० मत खसेकोमा ३ हजार २ सय २ मत बदर भएको छ ।