२०७७ कार्तिक ११, मंगलवार

मानबअधिकार वर्ष पुस्तकको समिक्षा

सुर्खेत, पुस १ ।  सामाजिक न्याय र मुलुकमा सुशासन कायम गर्न मानवअधिकारको साथै सामाजिक विकृति र भ्रष्टाचार न्युनिकरण गर्नका लागि इन्सेकले आवश्यक कार्यक्रम ल्याउनुपर्ने एक कार्यक्रममा जोड दिईएको छ । नेपाल मानवअधिकार मानवअधिकार वर्ष पुस्तक सन २०१८ का लागि संकलित मानवअधिकार उलंघन घट्नाको शुक्रबार वीरेन्द्रनगरमा आयोजित पुर्व समिक्षा कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

सहभागीहरुले आगामी दिनमा नेपालको संविधान २०७२ को धारा ३ को मौलिक हकमा व्यवस्था गरिएका सबै खालका अधिकार सुनिश्चित हुने अधिकार प्राप्तिको लागि आवश्यक पर्ने अधिकारहरुको बारेमा आवाज उठाउनु पर्ने चर्चा पनि गरेका थिए । सहभागीहरुले सुचनाको अधिकार, बैदेशिक रोजगारको कारण समाजमा फैलिएको विकृति, जातिय विभेद र वर्गीय विभेदको कारण समाजमा हुने गरेका सामाजिक विकृति, जातिय विभेदलाई न्यूनिकरण गर्ने खालका घट्नाहरुलाई समेत इन्सेकले समेट्नु पर्ने उल्ल्ेख गरेका थिए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी दुर्गा थापाले सन २०७४ का लागि संकलित मानवअधिकार उलंघन घट्नाहरुको प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनको समिक्षा गर्दै सहभागीहरुले २१ औं सताब्दीमा जिलामा जातिय विभेदको घट्ना र महिलाको निर्ममतापुर्वक हत्याको घट्ना बृद्धि हुनु दुखद भएको बताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत मुकुन्दनाथ योगी, प्रहरी निरीक्षक धुब्रकुमार थापा, एमाले सुर्खेतका जिल्ला कार्य समितिका सदस्य टिकाराम शर्मा, माओवादी केन्द्रका मिलन बिक, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती, पुर्व अध्यक्ष श्रीध्र पौडेल, जिल्ला बार एसोसियसनका अध्यक्ष नन्द भण्डारी, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष पुष्पा मल्ल लगायतले बोलेका थिए ।

सन २०१८ का लागि संकलित जिल्लाको मानवअधिकार उलंघनका घट्नाहरु मध्येमा गैर राज्यबाट हत्या भएका ५, धम्की कुटपिट ३, बलात्कार÷ बलात्कार प्रयास ४, महिला माथि हुने हिंसा २, जातिय विभेद ६ र घरेलुहिंसाका १ सय २१ गरी १ सय ४१ वटा घट्ना संकलन गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी थापाले घरेलु हिंसाका घट्ना वर्ष पुस्तकमा नसमेटिने जानकारी गराएका थिए ।