२०७७ कार्तिक ५, बुधबार

मिलेर प्रदेको विकाश

प्रत्यक्षको मत गणनापछि अब समानुपातीकको नतिजाले फेरी अर्को तरंग ल्याएको छ । प्रत्यक्षमा आएको नतिजा भन्दा ठिक फरक आएको छ । नेकपा एमाले र माओवादी केन्दै मिलेर बनेको गठबन्धनभन्दा फरक लोकतान्त्रीक गठबन्धले अनपेक्षीत मत समानुपातीकमा ल्याएको छ । देशभरीको आकडा हेर्ने हो भने विशेषत काग्रेस प्रतिनिधीसभामा आगाडी देखीन्छ । यो अकडाले पनि करिब करिब अब काग्रेस दोस्रो शक्ति जस्तो देखिएको छ । तर ६ नम्बर प्रदेशमा भने काग्रेस तेस्रो शक्तिकै रुमा देखिएको छ ।

प्रदेश ६ मा नेपाली कांग्रेस तेस्रो दल बन्ने भएको छ । यो प्रदेशमा प्रत्यक्ष निर्वा्चित २४ र समानुपातिकबाट १६ गरी ४० सदस्यीय प्रदेशसभा बन्नेछ । प्रत्यक्षतर्फ मात्र एक सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ५ सिट पाउनेछ । निर्वाचन आयोगका अनुसार प्रदेश ६ को समानुपातिकतर्फ मत गणना शनिबार सकिएको छ । एमालेले सबैभन्दा धेरै १ लाख ५९ हजार ३४९ मत पाएको छ भने कांग्रेसले १ लाख ५१ हजार ५८९ र माओवादी केन्द्रले १ लाख ६ हजार ८७८ मत पाएको छ ।

यस्तै राप्रपाले १४ हजार ८५९ र नमकिपाले ७ हजार २८३ मत पाएको छ । निर्वाचन आयोगले समानुपातिकमा कुन दलले कति सिट पाए भन्ने जानकारी दिएको छैन । तर, सेन्ट लग मेथडका आधारमा एमालेले ६ सिट पाउने देखिन्छ भने कांग्रेसले ५, माओवादीले ४ र राप्रपाले एक सिट पाउने देखिएको छ । यसो हुँदा प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले हुनेछ । उसले प्रत्यक्षतर्फ १४ सिट जितेको छ र समग्रमा प्रदेशसभामा उसको २० सिट हुनेछ । समान्य बहुमतका लागि एक सिट पुगेन । प्रत्यक्षतर्फ ९ सिट जितेको माओवादी समग्रमा १३ सिट हुनेछ भने कांग्रेस ६ सिटसहित तेस्रो दल हुनेछ । राप्रपाको एक सिट हुनेछ । प्रदेश ६ मा एमाले र माओवादीको वाम गठबन्धनको दुई तिहाई बढी मत पुगेको छ ।

सामान्य बहुमतका लागि २१ सिट भए पुग्छ भने दुई तिहाईका लागि कम्तिमा २८ सिट चाहिन्छ । जे भएपनि पनि यो प्रदेशको विकासका लागि सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन । सबै दलहरु यो प्रदेशको गरिवी र अन्य खराब सुचांकहरु हटाउनु मिलेर लाग्नु नै उत्तम विकल्प हो ।