२०७७ कार्तिक ११, मंगलवार

अध्यक्ष शाक्य द्धारा न्यानो कपडा वितरण

सुर्खेत, माघ १४ ।  सुर्खेत महिला जेसिज वर्ष २०१८ का अध्यक्ष कृति शाक्य गुबाजुले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नु भएको छ । आफनि हजुर आमा गंगा जैसीको वार्षिक पुण्य तिथीका अवसरमा देउति बज्यै मन्दिर परिसरका जेष्ठ नागरिहरुलाई न्यानो कपडा बितरण गर्नु भएको हो ।

मानबताको सेवा नै जिवनको सर्वोत्तम कार्य भएको भन्दै अध्यक्ष शाक्यले देउति बज्यै परिसरमा चिसोमा कठाङग्रियर मागेर जिविको पार्जन गर्ने १५ जना जेष्ठ नागरिकलाई १५ थान पातलो बलाङकेट वितरण गर्नु भएको थियो । पुस मागको चिसोमा कठाङग्रियर मागेर जिविको पार्जन गर्ने जेष्ठ नागरिहरुलाई केही राहात पुग्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको अध्यक्ष शाक्यले बताउनु भयो ।

महिलाको नेतृत्व र व्याक्तित्वको क्षेत्रमा काम गदै आएको सुर्खेत महिला जेसिजले वर्ष २०१८ मा शाक्यको नेतृत्वमा विभिन्न जेष्ठनागरिक, सशाहय र अशक्त लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।