२०७७ मंसिर १८, बिहीबार

मेलमिलाप कर्ताहरुलाई पुर्नताजगी तालिम

cropped-logos.jpgसुर्खेत, साउन ३२ ।
बिजौरा गाविसका मेलमिलाप कर्ताहरुका लागि चारदिने पुर्नताजगी तालिम सोमबार वीरेन्द्रनरमा सम्पन्न भएको छ । युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित साझेदारी विकास परियोजना अन्र्तगत सेर्लड सुर्खेतद्धारा सञ्चालित बैकल्पीक द्धन्द्ध व्यवस्थापन कार्यक्रमका गाविस स्थीत मेलमिलाप कार्यकर्ताहरुका लागि तालिमको आयोजना गरिएको थियो ।

कार्यक्रममा गाउस्तरमा कस्ता खालका विवादहरु आउछन् र त्यस्ता विवादहरुलाई कसरी सहज र सरल ढंगबाट समाधान गर्ने लगायतका बिषयहरुमा छलफल गरिएको थियो । करिव १९ जना मेलमिलाप कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा सेर्लडका कार्यक्रम संयोजक उमा भट्टराई, जिल्ला प्रशिक्षक राजेन्द्र भारती र लोकेन्द्र वलीले सहजिकरण गरेका थिए ।

यसैबिच सेर्लडले जिल्ला स्तरीय मेलमिलाप अनुगमन समितिको बैठक पनि सम्पन्न गरेको छ । जिल्ला न्यायधिश कैलाश प्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला विकास समितिका रामबहादुर बुढा, नगरपालिकाका प्रकाश पौडेल, जिल्ला बार यसोशियनका अध्यक्ष नन्द भण्डारी, साझेदारी विकास परियोजनाका प्रज्ञा थापा, मेलमिलापकर्ताहरु बिरेन्द्र थापा, चन्द्रा नाम्जाली, काशिराम देबकोटा लगायतको सहभागिता रहेको थियो ।