२०७७ कार्तिक ८, शनिबार

प्रदेश सभाको दोस्रो बैठकबाट सभामुखमा शाही र्निविरोध चयन

सुर्खेत, माघ २९ । प्रदेश नं. ६ मा सभामुख निर्विरोध चयन गरिएको छ । सोमबार बसेको प्रदेश सभाको दोस्रो बैठकबाट दैलेख निर्वाचन क्षेत्र नं. २ (ख)बाट निर्वा्चित एमालेका सांसद राजबहादुर शाही निर्विरोध चयन भएका हुन । बैठकमा एमालेका सांसद प्रकाश ज्वालाले प्रस्ताव राखेका थिए भने उक्त प्रस्तावलाई माओवादी केन्द्र ६ नम्वर प्रदेशका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए ।
शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले सोमबार दिउसो ४ बजे शपथ खुवाएका थिए । शपथ पश्चात शाहीले पदभार ग्रहण समग गरेका थिए । बैठक आगामी फागुन ५ गते उपसभामुख चयन गर्ने गरी ४ गतेसम्मका लागि स्थगित भएको छ ।।

बैठकमा राजबहादुर शाहीलाई सभामुखको प्रस्तावकको रुपमा बोल्दै नेता प्रकाश ज्वालाले अवको पाँच वर्षमा पक्ष वा विपक्ष नभनेर प्रदेश निर्माणमा सशक्त रुपमा अघि बढ्नु पर्ने समय आएको बताउँदै सबैलाई एक हुन आग्रह गरेका थिए ।

ज्वालाले ६ नम्वर प्रदेश स्रोत साधनले प्रदेश धनी भएपनि असल नेतृत्व नहुँदा पछि परेको उनले उल्लेख गरे । ‘पाँच वर्षमा स्रोत र साधनको उचित रुपमा परिचालन गर्नुपर्ने भएको छ’ ज्वालाले भने,–‘उचित प्रयोग गरेर लाभ लिन सवैको साथ र समर्थन आवश्यक छ ।’ अवको पाँच वर्षमा पक्ष वा विपक्ष नभनेर प्रदेश निर्माणमा सशक्त रुपमा अघि बढ्नु पर्ने समय आएकोले एक हुन आग्रह गरे ।

त्यस्तै बैठकमा प्रकाश ज्वालाले गरेको प्रस्ताबलाई समर्थन गदै नेता शाहीले आर्थिक रुपमा बलियो प्रदेश निर्माण गर्न प्रदेश भित्रका स्रोत साधनहरुलाई उचित रुपमा परिचालन गर्नुपर्ने बेला आएको बताए । अभाव र चुनौतीका विच ६ नम्वर प्रदेश स्थापना भएको भन्दै नेता शाहीले पहिचान खोतल्दै आएका समस्याहरूलाई सही रूपमा व्यवस्थापन गरेर आत्मनिर्भरको प्रदेश निर्माण गर्न हातेमालो गर्नु जरूरी रहेको बताए ।

को हुन राजबहादुर शाही ?

पञ्चायतको विरुद्धमा चर्कोे नारा लगाएको आरोपमा ७ दिन जेल जीवन बिताउनु भएका राजबहादुर शाही वि.सं २०२६ साल मंसिर २९ गते साविकको तोलिजैसी गाविस वडा नम्बर ७ दैलेखमा मा जन्मीनु भएको थियो । सभामुख शाही दैलेख निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट निर्वा्चित सांसद हुनुहुन्छ । शाहीले १० कक्षा सम्मा त्रिभुवन मावि दैलेखबाट र बाँकी माध्यामिक शिक्षा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइकम पास गर्नु भएको छ ।

विद्यार्थी जीवनदेखि राजनीतिमा होमिनुभएका शाही सालिन र जनताका लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । शाहीले २०३९ सालमा नेपाली विद्यार्थी हित समितिबाट राजनीतिमा प्रबेश गर्नु र्भको थियो । उहाँ मजदुर किसान पार्टी निकट नेपाल मजदुर विद्यार्थी संघ आवद्ध हुँदै नेपाल मजदुर किसान पार्टीमा संगठित हुनुभएको थियो । २०४६ देखी ०४८ सालसम्म शाहीले नेपालगञ्ज बहुमुखि क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघकोतर्फबाट सभापति भएर तीन वर्ष काम गर्ने जिम्मेवारी समलनु भएको थियो । ०५२ सालमा शाही नेकपा एमालेको विभागिय सदस्य हुनुहुन्थ्यो ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तोलीजोशी गाविसमा दैलेखको गाविस अध्यक्षमा निर्वा्चित भई जिम्मेवार बहन गरे लगत्तै गाविस राष्ट्रिय महासंघको जिल्ला अध्यक्ष समेत बन्नु भयो । विसं. ०६९ सम्म नेता शाही एमालेको जिल्ला कमिटि सदस्य हुँदै २०६९ सालदेखि एमालेको नवौं महाधिवेशनबाट एमालेको अञ्चल समन्वय कमिटिको सदस्य बन्नु भयो ।