२०७७ मंसिर १४, आईतवार

जवाफदेहीता तालिम सम्पन्न

logosसुर्खेत, साउन ३२ ।
पारदर्शीता, जवाफदेहीता, जिम्मेवारी र वकालत सम्बन्धी महिला शसक्तिकरण समुहका लागि दुई दिने तालिम सोमबार वीरेन्द्रनगर, बाबियाचौर र छिन्चुमा सम्पन्न भएको छ ।

अमेरीकि सहयोग नियोक युएसएआईडीको सहयोगमा सञ्चालित साझेदारी विकास परियोजना अन्र्तगत वामद्धारा सञ्चालित महिला शसक्तिकरण कार्यक्रमले तालिमको आयोजना गरेको थियो ।

बाबियाचौरमा सञ्चालित तालिममा घाटगाउ बाबियाचौर, तातापानी, छाप्रेका, बीरेन्द्रनगरमा सञ्चालित तालिममा लगाम, बेतान, रानीबास, मटेला र तरंगा गाविसका सहभागिता रहेको थियो ।

त्यस्तै छिन्चुमा खानीखोला, नेटा दशरथपुर गाविसको सहभागिता छ । वीरेन्द्रनगरमा परियोजनाका जिल्ला संयोजक धनमल बिक, बाबियाचौरमा अनुगमन तथा मुल्याङ्कन अधिकृत टपेन्द्र सावद र छिन्चुमा फिल्ड सुपरभाईजर टम चौधरीले सहजिकरण गरेका थिए ।