२०७७ कार्तिक १५, शनिबार

वन फँडानी गर्नेहरुका लागि बाध्यकारी कानुन बनाउन आवश्यक

सुर्खेत, फाल्गुन ११ ।  आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले वन फँडानी गर्नेहरुका लागि बाध्यकारी कानुन ल्याउन आवश्यक रहेको बताएका छन ।
सामुदायिक वन उपभोक्ता महासंघ ६ नम्बर प्रदेश समन्वय समितिले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
सामुदायिक वनले मानव जीबनमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै उनले वन फँडानी गर्नेलाई जघन्य अपराधीका रुपमा दर्ज गर्न कानुन आवश्य रहेको बताए ।
प्रदेश सरकारको ध्यान सामुदायिक वनको संरक्षण तर्फ जाने पनि मन्त्री भण्डारीले प्रतिवद्धता जनाए ।
यस्तै, कार्यक्रममा बोल्दै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले वन जंगलको संरक्षणका लागि आवश्यक कानुन निर्माणका लागि सुझाव सल्लाह दिन आग्रह गरे ।
उनले प्रदेशको समृद्धिका लागि सबैको हातेमालोको खाँचो रहेको औँल्याउँदै सहयोगको अपेक्षा पनि राखे ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दल रावलले वनमा स्थानीय जनताको स्वामित्व र अपनत्व हुने गरी कानुन निर्माण गर्ने प्रतिवद्धता जनाए ।
उनले मन्त्रीपरिषद्ले पनि अर्गा्निक प्रदेश बनाउने निर्णय गरेको भन्दै यस्का लागि सबैको सहयोगको खाँचो रहेको बताए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने निती बनाउनका लागि वन मन्त्रालयसँग आफुहरुले समन्वय गरेर लाग्ने पनि मन्त्री रावलले बताए ।