२०७७ मंसिर १५, सोमबार

मगर संघ द्धारा छात्रवृत्ति वितरण

logosसुर्खेत, साउन ३२ ।
नेपाल मगर संघ सुर्खेतको पहलमा स्थापना भएको स्वर्गीय महेश रोकामगर स्मृति छात्रवृत्ति कोषद्वारा सोमबार दुई जना छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

छात्रवृत्ति वितरण कार्यक्रममा यस वर्ष उत्र्तिण भएका एसएलसी तर्फ लिसारा थापामगर र उच्च माध्यमिक विद्यालय तर्फ विन्दु बुढामगरलाई वितरण गरिएको हो । नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशीमगरको सभापतित्वमा भएको पुरस्कार वितरण स्वर्गीय महेश रोकामगर छात्रवृत्ति कोषका संस्थापक पूर्ण रोकामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

छोराको स्मृतिमा रोकाले मगर समुदायमा पढाईको कमजोरी रहेको हुदाँ अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई अध्ययनमा रुचि र हौसला दिनका लागि यो छात्रवृत्ति कोष स्थापना गरेको जानकारी गराए ।

उक्त कार्यक्रममा नेपाल मगर संघ जिल्ला कार्यसमिति सुर्खेतका पदाधिकारी एवम् सदस्यहरु, नेपाल मगर महिला संघ सुर्खेतकि अध्यक्ष नन्दा थापा मगर, नेपाल मगर संघका पूर्वकेन्द्रिय सचिव डम्मर गरंजामगरको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशीमगरले शिक्षाबाट नै मगरहरुको उत्थान हुनेमा जोड दिए ।