२०७७ कार्तिक ४, मंगलवार

सिरियामा युद्ध- विश्व रूवाउने भाइरल तस्बिर

काठमाडौं । सिरिया युद्ध र त्यसले निम्त्याएको भयावह स्थिति झल्काउने तस्बिर यतिबेला सामाजिक संजाल र विश्वभरका मिडियामा भाइरल बनेका छन् ।

युद्धको चपेटमा परेका बालबालिकाको हृदयविदारक तस्बिरले धेरैलाई स्तब्ध पारेको छ भने तिनै तस्बिर प्रकाशित गर्दै युद्धरत पक्षलाई जिम्मेवार बन्न र मानवीयता नभुल्न सचेत गराइएको छ ।

युद्ध बिराम भंग गर्दै पछिल्ला दिन सिरियामा भएका हमला र त्यसबाट मारिएका, घाइते र विस्थापितको अवस्थाले विश्वको ध्यान तानेको छ । सिरिया सरकारले एकतर्फी युद्ध बिराम भंग गरेको र त्यसमा अमेरिकी सरकारको समेत साथ रहेको भन्दै चर्को आलोचना भएको छ ।

युद्धबाट प्रभावित बालबालिकाका हृदयविदारक दृश्यहरू सामाजिक संजालमा छ्यप्छ्याप्ति छन् । कतिपय तस्बिरहरू पुराना भएपनि अहिलेकै ताजा तस्बिर जस्तो गरेर पनि प्रस्तु गरिएका छन् ।

यहाँ युद्धले निम्त्याएको भयावह स्थिति झल्काउने केही तस्बिर प्रस्तुत गरिएको छ, जुन यतिबेला सामाजिक संजालमा भाइरल भैरहेका छन् ।

यी सबै तस्बिर सामाजिक संजालबाट संकलन गरिएका हुन् ।

सिरिया युद्धले विश्वभर मानवतावादीलाई विक्षिप्त पारेको छ ।

सिरिया युद्ध रोक्न र मानवताविरोधिहरूको विरोधमा विश्वभर यी तस्बिरहरू समाजिक संजाल र मिडियामा प्रकाशित गरेर दवाव सृजना गर्ने गरिएको छ । तपाँइ पनि यो सामग्री शेयर गर्न सक्नु हुनेछ।