२०७७ मंसिर १०, बुधबार

संघको विवाद : मिलेर जाउ

logosविकाशमा राज्यलाई सघाएर समग्र सम्बृद्धिको अपेक्षा गरिएको निजि क्षेत्रमै विभिन्न प्रकारका समस्याहरु देखिन थालेका छन । आपसी विवाद र संगठनलाई साझा भन्दा पनि एकलौटि जस्तो गरेर चल्ने चलाउने प्रबृतिले यस्तो समस्या भएको हो ।

लामो समयदेखी वीरेन्द्रनगरमा एउटै संस्थाको रुपमा काम गरिरहेको उद्योग वाणीज्य संघ अब विभाजीत हुने करिब निश्चीत भएको छ । सम्पुर्ण व्यवसायी उद्योगीहरुको संगठन उद्योग वाणीज्य संघसग असन्तुष्ट पक्षले आफुहरुले उठाएका विभिन्न मुद्याहरुमा संस्थापन पक्षले वास्ता नगरेपछि विभाजनतिर जाने संकेत देखिएको हो ।

एकाथरी व्यवसायीले गरेको यो निर्णय संगै सुर्खेत उद्योग वाणिज्य संघलाई सुर्खेतका व्यापारीहरुले चुनौती थपिएको छ । उद्योग बाणिज्य संघको निर्वाचनका वेला पराजित भएको ब्यापारीहरुको समूहले संघलाई चुनौति दिएको हो । निर्वाचनमा फर्जी मत प्रयोग गरी चुनाव जितेको भन्दै असन्तुष्ट बनेको संयुक्त व्यवसायी समूहले अन्ततः समानान्तर उद्योग वाणिज्य संघ दर्ता गर्ने अन्तिम तयार गरेको छ ।

व्यवसायीहरुको हकहितको पक्षमा भन्दा पनि संस्थालाई कुनै एक पार्टीको भातृ संगठनका रुपमा विकास गर्दै लगेको भन्ने आरोपसहित संयुक्त व्यवसायी समूहले अबदेखि सुर्खेत उद्योग वाणिज्य संघसँग कुनैपनि सम्बन्ध नरहेको समेत जनाएका छन ।
असन्तुष्टहरुको मुख्य माग भनेको आफुहरुले पटक–पटक संस्थापन पक्षलाई सच्चिन माग गरेपनि संघको नेतृत्वले आफूहरुको मागको सम्बोधन नभएको भन्ने छ ।

एउटा पक्षले माग सम्बोधन गर्न नसकेको र अर्को पक्षले गरिरहेको भन्ने जस्ता विभिन्न प्रतिक्रिया र विवादका विचबाट फेरी पनि सम्पुर्ण व्यवसायीहरु एकीकृत भएर जादा नै सर्बोत्तम हित हुन्छ । देखीएका सानातिना समस्याहरुमा सम्बादको माध्यामबाट छलफल चलाउने र सहमति गरेर अगाडि बढ्नुले नै समग्र निजि क्षेत्रको विकाश र आम व्यवसायीहरुको व्यवसायीक हित होला ।