२०७७ कार्तिक १४, शुक्रबार

प्रदेशको सुरक्षामा पूर्ण ग्यारेण्टी हुनुपर्ने मुख्यमन्त्री शाही

फागुन, २० सुर्खेत । कर्णाली प्रदेशको सुरक्षामा पूर्ण ग्यारेण्टी हुनुपर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनु भएको छ । शनिवार वीरेन्द्रनगरमा भएको ‘सडक सुरक्षा कार्यक्रम’ मा सम्बोधन गर्दै प्रदेशको शान्ति सुरक्षा विना कुनै विकास र समृद्धिको कल्पना गर्न नसकिने मुख्यमन्त्री शाहीले बताउनु भयो ।

‘विकास र सृद्धिका लागि सुरक्षा निकायले पूर्ण ग्यारेण्टी गर्न जरुरी भन्दै उहाँले ‘प्रत्येक व्यक्तिमा सुरक्षित भएको महशुस गराउनु पर्ने दायित्व प्रदेश सरकारको भएको उदघोष गर्नु भयो । मुख्यमन्त्री शाहीले व्यक्तिको सुरक्षा भएमात्र विकास र समृद्धिको पक्षमा अगाडि बढ्न सकिने उहाँको भनाई छ ।

देशमा अहिले लगानिकर्ताको आकर्षण बढेको भन्दै सुरक्षा नभएकैले लगानि गर्न नसकेको अवस्था भएको शाहीले बताउनु भयो । यसरी लगानिकर्ताको सुरक्षा गर्न सके मात्र प्रदेशमा पूँजी भित्रिने उहाँको तर्क छ । त्यस्तै देशको विकास नहुनुमा प्रमुख बाधक भ्रष्टाचार भएको भन्दै यसका लागि आफ्नो ठाउँबाट आजैबाट अन्त्य गर्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिनु भयो ।

अबको दिनमा कर्णाली प्रदेशमा गुण्डागर्दी गर्नेको भविष्य नभएको भन्दै मुख्यमन्त्री शाहीले जताततै दादागिरी र गुण्डागर्दी गर्नेहरु अव पत्ता साफ हुने बतउनु भयो । उहाँले अहिले प्रदेशको राजधानीमा लागुऔषध, घरेलु हिंसाका घटना बढ्दै गएको भन्दै यसलाई तत्काल रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

त्यस्तै कार्यक्रम्मा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले विकास र समृद्धिका लागि सुरक्षा महत्वपूर्ण भएको बताउँदै यसलाई नै मध्यनजर गरेर मन्त्रालयले सुरक्षा योजना अघि सारेको बताउनु भयो । मन्त्री भण्डारिले अवको केही दिनमा कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा पनि रातिको १२ बजे हाम्रा दिदिबहिनीहरु निर्धक भएर सुरक्षित महशुस गदै हिड्न सक्ने बतावरण तयार पार्न लागेको जिकिर गर्नु भयो ।

कर्णाली प्रदेशमा अधिकांस मानिसहरुको मृत्यु सवारी दुर्घटनाका कारण हुने भएकाले यसको न्यूनिकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रणबहादुर चन्दले जानकारी दिनुभयो । चन्दले सडक प्रयोगकर्ता सुरक्षित हुनुपर्छ भन्दै त्यसका लागि प्रहरी लागि पर्ने उल्लेख गर्नु भयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको ४० बुँदे सुरक्षा योजना अन्तरगत सडक सुरक्षा कार्यक्रम गरिँदै आएको छ । कार्यक्रममा उपसभामुख पुष्पाा घर्ती, प्रदेश सरकारका मन्त्रीहरु, उच्च पदस्थ अधिकारीहरु, प्रदेशसभाका सांसदहरु, राजनीतिक दलका प्रमुखहरु, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख उपप्रमुखलगायतको सहभागिता रहेको थियो ।