२०७७ माघ ५, सोमबार

मलाई जसले उपयोग गर्न सक्छ, त्यसकै लागिहो मेरो जन्म – दीपेन्द्र वली

dddd१.के छ खबर ?
आफूले आफू ठीक छु भनेपछिमात्रै अरुलाई ठीक बनाउन सकिन्छ । त्यसैले वहूत् ठीक छ ।

२. हिजोआज के माव्यस्त हुनुहुन्छ ?

हिजो रेडियोमै काम गरेर, फत्फताएर–मेरा थोत्रागालाबजाएर व्यस्तभएँ, आजपनि त्यै गरेँ ।

३. तपाईजन्मिनु भाहोकिजन्माईएको हो?
जन्मिने बेला मेरो पुरै चेत् खुलेको थिएन त्यसैले मैले यसै भन्न सक्दैनँ । ममीले त तँलाई मैले जन्माको हो बाबु भन्नुहुन्छ केरे । त्यै त होला ।

४. तपाईको जन्म कस्का निम्ती ?

मलाई जसले उपयोग गर्न सक्छ त्यसकै लागिहो मेरो जन्म ।

५. कलेज पढदा कत्तिकोआएलभलेटर ?

किननआउनु ? कतिपय लभलेटर त अझै पनि छन् । यि हेर्नुस् एक पटक (देखाउँदै) । खासगरि लभलेटरक ाप्रकृति फरक भइसक्याछन् । पहिलाकलमले कापीमा लेखिन्थ्यो भने अहिले त मोवाइलमै म्यासेज (टुङ्ग–टुङ्ग) ।

६.आमार प्रेमिकामध्ये एक जनालाई रोज्दा…?

हैट् । एकजनालाईमात्रै त कसरी रोज्नु ? त्यै पनिमलाई जन्मदिने ममी (आमा) नै मेरो रोजाइहो ।

७.तपाई हिँड्दै गर्दा बाटोमापाँचकिलो सुन भेटाउनु भयो भने के गर्नु हुन्छ नि ?

सवैभन्दा पहिला म मैले नै कामगर्ने रेडियोमाकसको हो भन्दै सूचना गर्छु । त्यसपछि प्रहरीलाई जानकारी दिएर जिम्मा लगाउँछु ।
८.राज्यले तपाईलाई यो देशको संञ्चारमन्त्रीबनाईदियो भने तपाईको पहिलो प्राथामिकता के हुन्छ ?

सवैभन्दापहिलो प्राथमिकता पत्रकारिता भित्रकाभाइरसकालागि एन्टिभाइस् तयार गरेर शुद्धिकरण हुन्छ ।

९. मनपर्ने खाना ?
खानमिल्ने जति सवै मनपर्छ ।

१०.डान्स वारमाकत्तिगो जानु हुन्छ नि ?

के को जानु नि, सुर्खेताँकहाँ देख्नुभाछ ? डान्सबार । मेरो डान्सबार भनेको त गाउँघरमै हुने चाडपर्व, मेला, विवाह, पुजा नै हुन् ।

११. मन पर्ने संगित ?
लोकसंगीत ।

१२.मन पर्ने ठाँउ ?
मेरो जन्मस्थान धरमपोखरा ।

१३ .मन पर्ने व्यक्ति ?
म् आफै ।

१४ मन पर्ने कपडा ?
मैले लगाउन मिल्ने र मेरो ज्यानमा मेल खाने सवै ।

१५ सेक्सप्रतियहाँको सटिक धारणा ?
सेक्स प्राकृतिकविषयहो । कोहिपनि अछुतो छैन ।

१६.नेपाली समाजमा सेक्स स्वतन्त्र हुनुपर्छ, भन्ने पक्षमाकिविपक्षमा ?
सेक्स स्वतन्त्र हुनुपर्छ । तर गलतउपयोग गरिनुहुँदैन ।

१७. जिन्दगीमा के गर्दामजा आउँछ ?
यी, यसरी तपाईसँग कुरा गर्दा मजाआएजस्तै । नयाँतथा पुरानाव्यक्तिहरुसँग कुरा गर्दा वहूत् मजा आउँछ ।

१८. जीन्दगीमाभुल्नै नसकेको खुसीको क्षणलाई सम्झिँदा ?

जतिसूकै पींडा भएपनिप्राय म सधै खुसी नै हुन्छु । तर मेरो बाबाले आफू राजनितिक काम गर्नजाँदामलाई पसलमा दोकानदार बनाएर राख्नुभो । जतिवेला म करिव १० वर्षको मात्रै थिएँ । मैले कुसलतापूर्वक पसलधानेँ, साँझआएर बाबाले स्यावास मात्रै भन्नुभएन आफन्तआउँदा अरुलाई पनि करिव तीन÷चार वर्षसम्म सुनाउनुहुन्थ्यो । त्यसबेलाखुसी लाग्थ्यो ।

१९. कहिले काहीँ यो पत्रकारितामाकिनलागेछु जस्तो लाग्दैन ?

किनलाग्दो हो, त्यस्तो ? तपाईले जस्तै अरुले पनि सोध्छन् । आफ्नो कामलाई सन्तुष्टीसहितको कामबनाउने जिम्मा हाम्रै हातमा हुन्छ । मैले मलाई सन्तुष्ट बनाएको छु । मैले पत्रकारितानगरेको भएतपाइले मसँग यसरी कुरै गर्नुहुन्थेन ।

२०.तपाईको अगाडि सात्क्षातभगवान प्रकट भएर कुनै दुई चिजमागभने के के माग्नु हुन्छ ?

नहुने नहुने कुरा गर्नुहुन्छ ? भगवान कहाँ छन् । हो म मान्छु कुनै बेला केहि शासकहरु थिएजसले राम्रो काम गरे । उनीहरुलाई भगवानको रुपमापुजे । तर आजउनीहरु मरिसकेका छन् । अव म बरु अचेलका मान्छेलाई राम्रो काम गर जिउँदा भगवान बन । भन्ने माग राख्छु ।

२१.यदि मरेर भुतभएसी कस्लाई तर्साउनु हुन्छ नि ?
मैले अहिले त्यस्तो कुनै योजनाबनाएको छैन । (हाँस्दै) म तपाईलाई तर्साउन आएँभने के गर्नुहुन्छ ?

                                                      पत्रकार
                                              दीपेन्द्र वली (बबने)