२०७७ कार्तिक ११, मंगलवार

शिव माविमा प्राविधिक शिक्षा संचालन

सुर्खेत, फागुन २० ।  शिव मावि धुलियाविट विरेन्द्रनगर ११ मा प्राविधिक शिक्षा संचालनका लागि सहयोग जुट्दै गएको छ । विद्यालयले आज आयोजना गरेको प्राविधिक शिक्षा संचालन महाअभियान अन्र्तगत अभिभावक तथा सरोकारवालाहरुको बृहत भेलामा उपस्थित अभिभावक र सरोकारवालाहरुले विद्यालयमा प्राविधिक शिक्षाको संचालनका लागि सहयोग गर्ने प्रतिवद्धतासहित सहयोग रकम घोषणा गरेका छन् ।

प्राविधिक संचालनका लागि भेलामा सहभागि अभिभावक र सरोकारवालाहरुले १४ लाख २४ हजार ७ सय ७० रुपैयाँ १२ पैसा सहयोग गर्ने घोषणा गरेको विद्यालयका प्राध्यानाध्पक पुर्णप्रंसाद पौडेलले जानकारी दिनुभयो । सबै भन्दा बढी श्रीप्रसाद ढकालले १ लाख १ हजार १ सय पाँच सहयोग गर्ने घोषणा गर्नुभएको छ । विद्यालयले आगामी शैक्षिक सत्र २०७५ देखि विद्यालयमा १८ महिने पशु विज्ञानमा प्राविधिक शिक्षा संचालन गर्देछ ।
यस्तै भेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले समाजको मुहार फेर्नको लागि समाजमा प्राविधिक शिक्षाको आबश्यकता भन्दै अब कर्णाली प्रदेशको शिक्षा क्षेत्र सुधारका लागि प्राविधिक शिक्षालाई जोड दिने बताउभयो । कार्यक्रम मा बोल्दै विरेन्द्रनगर नगरपालिका नगर प्रमुख देब कुमार सुबेदीले प्रविधिक शिक्षा विरेन्द्रनगर नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद पदमा खड्का, सिता नेपाली, विरेन्द्रनगर नगरपालिका ११ का वडा अध्यक्ष नन्दलाल शर्मालगायतको सहभागिता रहेको थियो ।