२०७७ कार्तिक १५, शनिबार

हुम्लाको अग्नीपीडित बस्तीमा प्रदेश सरकार

सुर्खेत, २० फागुन ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वमा हुम्ला पुगेको मन्त्रीस्तरीय टोलीले ३० आगलागी पिडित परिवारलाई १० लाख राहत वितरण गरेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत घटनास्थल पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, हुम्लाका प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा र रंगमती शाहीले शनिबार अपरान्ह राहत वितरण गरेका हुन् ।

मुख्यमन्त्री शाहीले पिडित परिवारलाई राहत वितरण गर्दै यो राहात प्रारम्भिक चरणको राहत भएकोले पिडित परिवारलई प्रदेश सरकारले थप राहतको व्यवस्था गर्ने वचन दिएका हुन् । ताजकोट गाउँपालिका–१ जिमनाको घटमाना गाउँका ३० घर परिवारलाई राहत वितरण गरिएको हो । घटमाना गाउँमा हिजो राती साढे १०ः०० बजे आगलागी भएको थियो । पिडित परिवारलाई केन्द्र तथा प्रदेश सरकारले राहत वितरण गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

प्रति घरपरिवारलाई एक÷एक सेट भाँडाकुडा, कम्बल, १५÷१५ केजी चामल, म्याट्रेस, चिउरा वितरण गरिएको छ । अनुसार पिडित २६ घर परिवार नजिकैको छिमेकी गाउँमा आश्रय लिएर बसेका छन् । घटनामा गोरु ६, बाख्रा १५०, कुखुरा १६ र खरायो २ र २२ घरधुरीका २६ घर पूर्णरुपले जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरीले जानकारी दिएको छ । आगलागीबाट एक करोड ५४ लाख २१ हजार ८ सय ९५ प्रारम्भिक क्षति भएको प्रहरीको भनाई छ । मुख्यमन्त्री शाहि सहित त्यहा पुगेको टोलिले आगलागीबाट घाईते सोही गाउँका ४६ वर्षीय मनसिंह रिठाल र ७० वर्षीय लालबहादुर रिठाललाई उद्दार गरेको छ ।

हेलिकप्टरबाट उद्दार गरि ल्याएका घाईतेहरुको उपचार मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा भैरहेको छ । केन्द्रीय सरकारले पाल, टेन्ट, क्षेत्रीय रेडक्रसले भाँडाकुडा र क्षेत्रीय खाद्य संस्थानले चामल व्यवस्था गरेको छ । बाजुरा र हुम्ला जिल्लाबीच भएर बग्ने कवारी खोलाका कारण अग्नीपीडितलाई राहत सामग्री तार्न समस्या भएको थियो । पहाडको खो“चमा बस्ती ह“ुदा घटमानामा हेलिकोप्टर अवतरण हुन सकेन ।

हेलिकोप्टर कवारी खोला वारि अर्थात बाजुराको ब्युरी सा“खुचौरमा अवतरण गराइएको थियो । गाउपालिका अध्यक्ष जगदल छत्यालका अनुसार शुक्रबार राती एक स्थानीयको गोठबाट सल्केको आगो फैलिएर ३० घर पूर्ण रुपमा क्षति हुनुका साथै अनाज, दर्जनौं पशुचँैपाया जलेर नष्ट भएका थिए । घटनास्थल सदरमुकाम सिमकोट भन्दा दक्षिणतर्फ ३ दिन पैदल दूरीमा पर्दछ ।