२०७७ कार्तिक ४, मंगलवार

भ्रष्टाचारमुक्त कर्णाली प्रदेश बनाउछौं : सहकारी मन्त्री केसी

सुर्खेत, २१ फागुन / सल्यानका जनयुद्धका शहिद परिवारहरुले विगतको केन्द्र सरकारले जनयुद्धका सहिद, बेपत्ता, घाईते र अपाङ्ग परिवार प्रति बेवास्था गरेको गुनासो गरेका छन् । जनयुद्ध लडेको पार्टी पटक पटक सरकारमा गए पनि गणतन्त्र ल्यााउन आफ्नो बलिदान गर्ने शहिद परिवारलाई वास्ता नगरेको उनिहरुको गुनासो रहेको छ । जनयुद्धम लागेर अपांग ,घाईते भएका तथा बेपत्ता भएका ।

सहिद परिवारहरुको प्रतिनिधित्व गर्दै कुमाख गाउँपालिकाबासी चन्द्रप्रकाश गिरीले बिगत्को सरकार जस्तो व्यवहार नगर्न कृषिमन्त्री केसी मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गर्नुभयो । सहिदहरुको बलिदान र पिडित परिवारहरुको पिडालाई सम्बोधन गर्न यो सरकारले आफूहरुलाई प्राथमिकता राख्नुपर्नेमा उहाँको जोड थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने पहिलो योजना रहेको बताउनु भएको छ ।
आज सल्यानको कुमाख गाउँपालिकाद्वारा आयोजित सहिद गेट उद्घाटन तथा सहिद सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा सहकारी मन्त्री केसीले यसलाई पारदर्शी प्रदेश निर्माणमा जोड दिने बताउनु भएको हो । “अब यो प्रदेशमा कार्यरत कर्मचारीहरुको सरुवा बढुवा शक्ति र पहुँचका आधारमा नभई कार्य सम्पादन तथा मूल्याङ्कनका आधारमा हुनेछ,” उहाँले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “कर्मचारीहरुलाई न्याय गर्न तथा शक्तिको दुरुपयोग हुन नदिन सफ्टवेयर पद्धतिको विकास गर्दैछौं, जसले दुर्गममा कार्यरत कर्मचारीले तोकिएको अवधि पुरा हुने बित्तिकै स्वतः सुगुममा सरुवा हुन निर्देश गरोस् । प्रदेशको समृद्धिको लागि श्रमको उच्च सम्मान, अर्गानिक प्रदेश निर्माण, रोजगारी सृजना र किसान परिचय पत्रको व्यवस्था हुने खालको नीति तथा कार्यक्रम ल्याईने उहाँको भनाई थियो ।

अर्गानिक प्रदेश निर्माण गर्ने महाअभियानको लक्ष्य प्राप्तिका लागि सकेसम्म बेच्ने र नसके आफैले खानेगरी उत्पादन गर्न किसानहरुलाई उहाँले आग्रह गर्नुभयो । कृषि लगायत यो प्रदेशको समग्र क्षेत्रको समस्या नीतिबाट समधान गर्ने भन्दै उहाँले योजना निर्माणका लागि स्थानीय सरकारमार्फत जनतालाई सुझाव दिन अनुरोध गर्नुभयो ।

प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएकी मन्त्री केसीले मुलुकमा अब नीति नियन्त्रित नभई जननियन्त्रित सरकारको आवश्यकता रहेको जिकिर गर्नुभयो । यसो हुन सकेमात्र संघीयताको पूर्ण कार्यान्वयन हुने उहाँको भनाई थियो ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संयोजक मायाराम शर्माले सहिदहरुको रगतबाट मुलुकमा संघीयता आएको बताउनुभयो । संयोजक शर्माले भन्नुभयो, “यतिबेला जनता मुलुकको आंशिक मालिक भएका छन्, संघीयताको पूर्ण कार्यान्वयन हुन सकेमात्र पूर्ण रुपले उनीहरुका अधिकार सुनिश्चित हुनेछन् ।”

सहिद परिवारहरुको प्रतिनिधित्व गर्दै कुमाख गाउँपालिकाबासी चन्द्रप्रकाश गिरीले सहिद, बेपत्ता, घाईते र अपाङ्ग परिवारप्रति बिगत्को सरकार जस्तो व्यवहार नगर्न कृषिमन्त्री केसी मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गर्नुभयो । सहिदहरुको बलिदान र पिडित परिवारहरुको पिडालाई सम्बोधन गर्न यो सरकारले आफूहरुलाई प्राथमिकता राख्नुपर्नेमा उहाँको जोड थियो ।