२०७७ माघ ३, शनिबार

हरि विष्टको माइतीको देश तीज गीतले बनायो नयाँ रेकर्ड

hari bistaसुर्खेत, २१ साउन ।
माइतीको देश तीज गीतको भिडियोले युट्युवमा अपलोड गरिएको छोटो समयमै बढी हेरेरनयाँ रेर्कड कायम गरेको छ ।
सुर्खेतका कलाकार हरि विष्टको तीज गीत यूट्युवमा अपलोड गरेको २४ घण्टाभित्रै करिव ४५ हजार दर्शकले हेरेपछि यसले नयाँ रेर्कड वनाएको हो ।

अन्य गीतहरू यूट्यूबमा अपलोड गरिएको २४ घन्टाभित्र ३० हजारभन्दा माथि दर्शकले हेरेको रेर्कड अहिलेसम्म छैन ।
तर माइतीको देश तीज गीतले अहिलेसम्मका सवै रेकर्डहरु तोडदै २४ घण्टाभित्रै करिव ४५ हजार दर्शकले हेरेको भनेर नाम कमाउन सफल भएको छ ।

माइतीको देश नामक तीज गीत यूट्युवमा सर्वाधिक दर्शकले हरेपछि अहिले चर्चाको शिखरमा पुगको छ । सामाजिक संजालमा अहिले माइतीको देश गीतकै चर्चा र परिचर्चा सुरु भएको छ

सम्झना माइतीको भाग २ मा समावेश रहेको माइतीको देश बोलको गीत बुधबार बेलुका ६ बजेतिर अपलोड गरिएको थियो  सुर्खेती कलाकार विष्टले आफनै यूट्यूब च्यानल गंगामाला फिल्म्समा मार्फत अपलोड गर्नु भएको थियो ।

धेरै दर्शकले गीत हेरेपछि कलाकार विष्टले नेपाली मौलिकतालाई नै सबैले मन पराउने गरेको बताउनु भयो । गीतमा गायिका देवी घर्र्ती र टीका पुन, निर्देशक शंकर विसी, मोडल दिपासा बिसी, रश्मी तामाङ लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेको विष्टले जानकारी दिनुभयो । गीतकार तथा संगीतकार हरि विष्टका यसअघि तीज लगायत विभिन्न गीतहरु बजारमा आइसकेका छन ।