२०७७ कार्तिक ५, बुधबार

प्रदेशस्तरीय क्रिकेटको उपाधी सुर्खेतलाई

सुर्खेत – प्रदेशमै पहिलो पटक सञ्चालित कर्णाली प्रदेशस्तरीय टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधी सुर्खेतले हात पारेको छ । शनिबार भएको अन्तिम फाईनल खेलमा प्रतिस्पर्धी रुकुमलाई ३ वीकेटले हराउँदै सुर्खेतले उपाधी हात पार्न सफल भएको हो । वीरेन्द्रनगर स्थित कालुङचोक मैदानमा भएको फाईनलमा टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर ११३ रन बनाएको थियो । रुकुमका दिनेश पुनले ५७ रनको अर्धसतक पुरा गर्दा महेश बिष्टले १८ रन बनाए भयो भने अरुले खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन ।

११३ रनको लक्ष्य पक्ष्याएर मैदानमा उत्रिएकोको सुर्खेतले १८ दशमलब ६ ओभरमा ७ विकेट गुमाएर भेटायो । सुर्खेतका निश्चल रावलले २९ र सन्देश रावतले २४ रनको को योगदान दिदै खेल आफ्नो पक्षमा पार्न सफल भए । रुकुमका युवराज केसीले ३ र बालाराम बुढाले २ विकेट लिएपनी टोलीलाई जिताउन सकेनन । प्रतियोगिताको म्यान अफ दी म्याच सुर्खेतका ललित प्याकुरेल बनेका छन् । उनले ४ वीकेट १८ रन लिएका थिए ।

यसैगरी उत्कृष्ट व्याट्सम्यान सुर्खेतकै निश्चल रावत बनेका छन् भने उत्कृष्ट बलर रुकुमका विवस गिरी बनेका छन् । प्रतियोगिताको म्यान अफ दी सिरिज भने सुर्खेतका खेलाडी रविन्द्रजंग शाही भएका छन् । शाहीले ७ वीकेटमा २१५ रन बनाएका थिए । प्रतियोगिताको उपविजेता रुकुम बनेको छ । प्रतियोगितामा सहभागी उत्कृष्ट खेलाडी तथा समूहहरुलाई मेडल, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको छ । सुर्खेत जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशका सल्यान, रुकुम, जाजरकोट, दैलेख, जुम्ला र सुर्खेत गरि ६ जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा १० वटै जिल्लाको सहभागिता गराउने उद्देश्य राखिएको भएपनि भौगोलिक विकटताका कारण हुम्ला, डोल्पा, मुगु र कालिकोटबाट सहभागी गराउन नसकिएको आयोजक जिल्ला क्रिकेट संघ सुर्खेतले जनाएको छ । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले खेलकुदका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणका लागि सक्दो सहयोग गर्ने बताए । उनले प्रदेशको राजधानी वीरेन्द्रनगर भएकाले यहाँ क्रिकेट मैदानका लागि बारम्बार कुरा उठ्ने गरेकोले त्यसका लागि पनि आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसीले राष्ट्रको पहिचानका रुपमा खेल क्षेत्र पनि भएकोले यसलाई माथि उठाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशको राजधानी सुर्खेत प्रदेशको राजधानी वीरेन्द्रनगर भएकाले यहाँ प्रदेशका सबै जिल्लाको खेलाडीहरुले अभ्यास तथा प्रतियोगिताहरुमा सहभागी हुने खालका भौतिक संरचनाहरु आवश्यक रहेको औँल्याए ।