२०७७ कार्तिक ६, बिहीबार

बालविबाह रोक्न दौतरी शिक्षा प्रभावकारी बन्दै, ‘विद्यालयबाटै अभियान सञ्चालन’

लक्ष्य बहादुर सुनार  / सुर्खेत –   सानै उमेरमा हुने बालबिवाह रोकथाम र किशोरी प्रजनन स्वास्थका बारेमा चेतना मुलक अभियान चलाउन विद्यार्थिहरु आफै सक्रिय हुन थालेका छन । पछिल्लो समय बालविवाह बिरुद्ध जति सुकै जनचेतनामुलक कार्यक्रम सञ्चालन भए पनि ति कार्यक्रम प्रभावकारी हुन सकेका थिएनन् । जसका कारण विभिन्न क्षेत्रको लगानि परिणाम मुखी हुन भएन र यो क्षेत्रको लगानी बालुवामा पानी हाले सरह भएको छ । यस्तै परिवेशको समाजलाई रुपान्तरण गर्न पुर्वि सुर्खेतको सिम्ता गाउँपालिकाका विद्यार्थिहरु चेतनामुलका कार्यक्रममा आफै जुट्न थालेका छन ।
गाउँपालिकाको वडा नम्वर ६ स्थित बागेश्वरी माध्यामिक विद्यालयमा निम्न माध्यामिक र माध्यामिक तहमा अध्यनरत विद्यार्थिहरु बालविवाह रोकथाम तथा किशोरी हरुको प्रजनन स्वास्थ र जिवनमा आईपर्ने समस्या समाधान गर्न दौतरी शिक्षा टोली गठन गर्दै यो अभियानमा सक्रियता देखाएका छन् । दलित महिला चेतना केन्द्रको आयोजना तथा बातावरणिय कृषि तथा विकास केन्द्र केडले सिम्ता क्षेत्रमा हुने बालविवाह र किशोरीहरुको प्रजनन अधिकारका विषयमा विद्यार्थिहरुमा चेतना फैलाउन यस्तो अभियान सञ्चालन गरिएको छ ।

वागेश्वरी माध्यामिक विद्यालय सिम्ता गाउँपालिका ६ राकममा अध्यनरत छात्रा र छात्र गरी २५ सदस्यीय एक टोली बनाएर बालविवाह रोकथाम गर्न विभिन्न चेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ । यो अभियानमा गत साउनदेखी १० देखि १९ बर्ष उमेर समुहका विद्यार्थिहरु सम्मीलित छन् । अभियानमा सक्रिय छात्र अञ्जु पुनले सानै उमेरमा गरिने वालविबाहले किशोर तथा किशोरीहरुकोे भविष्य अन्धकार हुने भएकाले आफुहरु अभियमानमा लागेको बताउछिन ।

सानै उमेरमा विवाह गर्दा हुने असर यसले भविष्यमा निम्त्याउने जटिलता, जिवनमा आईपर्ने समस्याहरुको बारेमा चेतनामुलक कार्यक्रम गर्दै आफुहरुको टोलीले विभिन्न कक्षाका विद्यार्थिहरुलाई दैनिक चेतनामुलक कार्यक्रम गरेको उनको भनाई छ । समाज परिवर्तन हुन नसकेका कारण यो पिडाले आफु जस्तै धेरै युवाहरु पनि पिडीत भएको भन्दै दतौरी शिक्षा कर्मी मार्फत अभियान चलाएको छात्र अनमोल शाहीले बताए । उनले अहिले पनि समाजमा बालविबाह, छुवाछुत र सामाजिक विभेद कायम रहेका कारण यसलाई निर्मुल पार्न अभियान चलाएको बताए ।

रजस्वाला हुदाँ दिदि बहिनिहरु स्कुल नआउने र आएपनि खुलेर छलफल गर्न नसक्ने भएपछि दौतरी शिक्षा मार्फत अहिले सबै छात्राहरुलाई केन्द्रीत गरेर यस अभियान चलाएको बताए । जुनसुकै हालतमा पनि बालविवाह रोक्ने आँट आफुमा आएको दौतरी शिक्षा कर्मी कक्षा ८ मा अध्यनरथ मान बहादुर बिकले बताए । दौतरी शिक्षाको अनुगमण गर्दै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले दौतरी शिक्षा प्रभावकारी भएको भन्दै यो अभियानलाई सिम्ताका सबै विद्यालयमा शुरु गर्ने प्रतिबद्धता जनाए ।